योञ्जनको निधनमा साहित्य प्रकाशनद्वारा शोक प्रकट

IMG-20230525-WA0295.jpg

गेजिङ: लिङ्चोम निवासी एलएस योञ्जनको निधनमा गेजिङमा पश्र्चिम सिक्किम सिक्किम साहित्य प्रकाशनद्वारा शोक सभाको आयोजन गर्‍यो। शिक्षा, खेल साथै साहित्यप्रति दिएको योदानबारे जानकारी दिँदै शोक सभा गरिएको हो। १९५० को दशकमा एलएस योजनले लिङ्चोममा आफ्नो धेरै योहदान दिएको र आङ्गुले पनि पहिलो विद्यार्थी रहँदा एक प्रेरणाको स्रोत रहेको पद्मश्री केदार गुरुङले जानकारी दिए। त्यसताकमा लिङ्चोमका नागरिकहरुलाई शिक्षा, साहित्य, खेल क्षेत्रमा दिएको योगदानको कदर गर्दै तामाङको निधनले पश्र्चिम जिल्लाको भूमिमा ठूलो नोक्सानी भएको बताए। यस शोक कार्यक्रममा सहभागिता जनाउँदै साहित्य प्रकाशनकी अध्यक्ष रिकी ल्हमू लेप्चा, मूल सचिव लक्ष्मीप्रसाद गुरूङ, सम्पादकगण लगायत अन्य सदस्यहरूले पनि तामाङको जीवनमाथि प्रकाश पारे। सभामा प्रकाशनको साहित्यिक चर्चा गर्दै आगामी कार्यक्रम बिषय पनि छलङ्गल गरियो। यसरी स्व तामाङको निधनमा मौन धारण गरिएको थियो। सम्पादन तथा पश्र्चिम सिक्किम साहित्य प्रकाशनका कार्यकारिणी सभापति गोबर्धन बास्तोलाले उक्त साहित्यकारहरूले साहित्यको क्षेत्रमा गरेको सेवाबारे उल्लेख गरे। सभाको अध्यक्षता केदार गुरूङले गरेका थिए भने सभामा स्रष्टाका सम्पादक ,साहित्यकार प्रकाशन कार्यकारी समितिको उपस्तिथि रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *