पोल्ट्री उत्पादन र प्रबन्धनमाथि आयोजित तीन दिवसीय प्रशिक्षण कार्यक्रमको समापन

IMG-20230525-WA0289.jpg

गान्तोक: राज्यको पशुपाल र पशु चिकित्सा सेवाको पहलमा पोल्ट्री पालन, उत्पादन र प्रबन्धनमाथि आयोजित तीन दिवसीय प्रशिक्षण कार्यक्रमको समापन भयो। राष्ट्रीय पशुधन अभियान अन्तर्गत आयोजित तीन दिवसीय प्रशिक्षण कार्यक्रमको समापन रूरबन सामुदायिक भवनमा सम्पन्न भएको थियो।कृषकहरूलाई पशुपालन र कुखुरा उत्पादनका विभिन्न पक्षबारे जानकारी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो।

प्रशिक्षण कार्यक्रमाम दुग्ध प्रशोधन, जुका र खोप, एन्टिबायोटिकको प्रयोग, संवेदनशीलता र प्रतिरोधी क्षमता, पशुपालन र क्रस प्रजनन नीति, कुखुरा उत्पादन, खेती व्यवस्थापन, खेती अर्थशास्त्र र अभिलेख राख्ने विषयमा विभिन्न विषयहरू समेटिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै विभागकी उपनिर्देशक प्रेरणा बराइलीले पशु स्वास्थ्य सेवामा परम्परागत ज्ञानको महत्त्व र पशुपंक्षी रोगहरूको उपचार र रोकथाममा उनीहरूको प्रभावकारितालाई उजागर गर्दै इथनो भेटेरिनरी सम्बन्धी जानकारी गराइन्। प्रस्तुतीकरणले पशु स्वास्थ्य सेवामा स्वदेशी ज्ञानको संरक्षण र उपयोगको महत्त्वमाबारे पनि उनले प्रकाश पारिन्। यसै क्रममा विभागकी संयुक्त निर्देशक किन्छोकला भोटियाले पनि पशुपालन र उत्पादन सम्वन्धि विस्तृतरूपमा जानकारी गराइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *