सिलगढी देवकोटा संघको साहित्यिक कार्यक्रम*समय संवाद*

00-1-IMG-20230523-WA0097

सिलगढी: सिलगढी देवकोटा संघद्वारा प्रत्येक महिनाको तेस्रो शनिबार आयोजित गरिने साहित्यिक कार्यक्रम ‘समय संवाद’ गत शनिबार २० मईको दिन संघ भवनको अडिटोरियममा भब्यताका साथ सम्पन्न भयो। संघकै साहित्य विभागकी संयोजिका  श्रीमती देविका मंग्राती राईद्वारा संचालन गरिएको उक्त कार्यक्रममा संघका उपाध्यक्ष विजय सुवेदीको अध्यक्षतामा रहेको थियो भने उनकैबाट नै ‘पुस्तकालय विज्ञान’ विषय लिएर विस्तृत ढंगमा आवश्यकीय अनि महत्वपूर्ण वार्तासँगै कार्यक्रमको शुरूवात भएको थियो। कार्यक्रममा संघका पदाधिकारीवर्ग साथै सदस्यहरू बाहेक विशिष्ट व्यक्तित्वहरूमा वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवाडा, युगमककार कालूसिंह रनपहेंली, साहित्यकार सतीश रसाईली आदिको विशेष उपस्थिति रहेको थियोl कार्यक्रममा सिलगढी कालेजका नेपाली विभागका केही विद्यार्थीहरू लगायत कवि, समालोचक शैलेन्द्र समदर्शीको पनि उपस्थिति रहेको थियो। सिलगढी देवकोटा संघले यस कार्यक्रम आयोजन गर्नका मुख्य उदेश्य नै युवा तथा नवकलमहरूलाई साहित्यप्रति आकर्षण गराउनु, उनीहरूलाई मंच दिनु अनि सही मार्ग देखाउनु रहेको छ। शैलेन्द्र समदर्शीले हाल नेपाली साहित्य जगतमा देखा परिरहेका गजलको रूपरेखा, सही ढंगमा गजल लेख्ने विधि तथा गजलका नियमावलीबारे जानकारी गराएl अतिथि सदस्यहरू पूर्ण मगर, निर्मल सिन्चुरी अनि सिलगढी कालेजबाट आएका विद्यार्थीहरूले पनि मनमोहक कविता, मुक्तक तथा कसैले गजल वाचन गरेर कार्यक्रमलाई थप रोचक बनाएका थिएl

साहित्य विभाग संयोजिका श्रीमती देविका मंग्राती राईद्वारा प्राप्त जानकारीअनुसार “समय संवाद” सिलगढी देवकोटा संघ भवनमा प्रत्येक महिनाको तेस्रो शनिबार दिउँसो ३ बजे शुरू हुने साहित्यिक कार्यक्रम हो।

कार्यक्रमका अध्यक्ष विजय सुवेदीले आफ्नो अध्यक्षीय वक्तव्य राख्दै ‘समय संबाद’को आउँदो प्रत्येक प्रकरणमा एक एक विशिष्ट व्यक्तिलाई निम्त्याएर आवश्यकीय विषयमाथि वार्ता प्रस्तुत गर्नसके समाजलाई टेवा पुग्नसक्ने आफ्नो विचार प्रकट गरेl यसबारेमा सिलगढी देवकोटा संघको साहित्य विभागकी साहित्य संयोजिका देविका मंग्राती राईले प्रेस विज्ञप्तिद्वारा जानकारी दिएकी छिन्l   

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *