मुख्यमन्त्रीको प्रश्न, २५ वर्षसम्म एसडीएफले राज्यमा किन आईएलपी लागू गरेन ?

si-4

गान्तोकः सिक्किम विधानसभाको बजेट सत्र अन्तर्गत सदनमा विधायक पवन चामलिङ र डीआर थापाले उठाएको आईएलपी सम्बन्धी प्रश्नको उत्तरमा मुख्यमन्त्री तथा सदनका नेता प्रेमसिंह तामाङले जवाफ दिए। मुख्यमन्त्री तामाङले २५ वर्षसम्म एसडीएफ पार्टीले किन राज्यमा आईएलपी लागू गरेन भन्दै प्रश्न तेर्साएका छन्।

उनले आफूलाई दुरदर्शी नेता भनेर मान्ने चामलिङले किन त्यतिका वर्षसम्म इनरलाइन पर्मिट लागू गर्न गरेनन् भनी बताए। अहिले आएर वर्तमान सरकारले आईएलपी लागू गरेन भन्दै सदनमा प्रश्न गर्नु दुःखको कुरा रहेको उनले बताए। वर्तमान सरकारले आईएलपी लागू गर्नको निम्ति सेवानिवृत्त अधिकारी शान्त प्रधानको नेतृत्वमा कमिटी गठन गरेको सदनमा जानकारी गराए। उक्त कमिटीले हालै मणिपुरमा गएर त्यहाँ कसरी आईएलपी लागू गरेको छ भन्नेबारे बुझेर आएको बताए। सो कमिटीले शीघ्र रिपोर्ट बुझाउने जानकारी गराउँदै रिपोर्ट बुझाएपछि सरकारले यस विषयमा पहल शुरू गर्ने उनले सदनमा जानकारी गराए।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *