निमती झोड़ा चियाबारीमा मच्छरदानी वितरण

Nimti

कालचिनी: कोचबिहारको एउटा स्वेच्छासेवी संस्था सेवा आउटरीच नामक संस्थाको पक्षबाट आइतबार कालचिनी खण्डको निमती झोड़ा चियाबारीका प्रायः ८१ जना श्रमिक परिवारहरूलाई मच्छरदानी वितरण गरिएको जानकारी उक्त संस्थाको सभापति डा. देवदास मुखर्जी र सचिव ए भट्टले दिएका छन्।

मूलतः अहिले गर्मीको प्रकोप बढ़दै गईरहेको र कमानमा मच्छरको रगरगी बढ़ेकोले मलेरिया डेङ्गुको खतराबाट बाँच्न प्रत्येक मानिसले सुत्दा मच्छरदानी लगाएर सुत्न जरुरी रहेकोले आज सेवा आउटरीचको माध्यममा श्रमिक परिवारहरूलाई मच्छरदानी वितरण गरिएको कार्यक्रम संयोजन गरिदिने कालचिनीका युवा समाजसेवी अञ्जान भट्टाचार्यले थप जनाएका छन्। कुनै अवसरलाई केन्द्र नगरेर मानिसलाई मच्छरबाट बाँच्न सचेतना गर्ने क्रममा यो मच्छरदानी वितरण गरिएकोमा समाजसेवी अञ्जान भट्टाचार्यले सेवा आउटरीच संस्थालाई धन्यवाद ज्ञापन गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *