शताब्दी पुरानो सोनादाको स्कट मिशन प्राथमिक पाठशाला अत्यन्तै जीर्णावस्थामा

IMG-20230321-WA0235.jpg

सोनादा: सोनादाको स्कट मिशन प्राथमिक पाठशालाले शिक्षा क्षेत्रमा शताब्दीभन्दा लामो यात्रा तय गरिसकेको छ। तर स्कूल भवन भने अहिले अत्यन्तै जीर्णावस्थामा पुगेको छ। सन् १८९० सालतिर नै स्थापित उक्त स्कूलले १३३ वर्षदेखि यता शिक्षा प्रदान गर्दै आएका छन्। यत्ति लामो समयदेखि शिक्षा दिन्दै आईरहेको सोनादाको स्कट मिशन प्राथमिक पाठशालाको भवन भने अहिले अत्यन्तै जीर्णावस्थामा पुगेको देखिएको छ। सन् १९९३ सालमा स्कूल भवन बनिएपछि अहिलेसम्म पनि मरमत्ति गरिएको छैन। हाईवेको नजिकमा रहेको कारणले एनएच ५५ मा कुनै ठूलो गाड़ी कुदेको खण्डमा भवन नै हल्लिने गरेको छ। वर्तमानमा ६० जना नानीहरू र 8 जना स्टाफहरू रहेको उक्त स्कूलमा अहिले कुनै पनि समय ठूलो दुर्घटना हुने सम्भावना देखिएको छ। यस स्कूलले गत वर्ष २०२२ मा जीटीएबाट बेस्ट स्कूल अवार्ड पनि जितेको थियो तर स्कूल भवन भने बस्नु पनि डरसरि भईसकेको छ।

यस स्कूल भवनको तत्कालै मरमत्ति गरिनु पर्ने देखिएको छ। यस स्कूल विषयमा स्कट मिशन प्राथमिक पाठशालाको प्रधान अध्यापक मेगनमणि थापाले स्कूल भवन अत्यन्तै जीर्णावस्थामा रहेको र यो भवन सन् १९९३ सालमा बनिएपछि विगत २०-३० वर्षदेखि मरमत्ति नभएकोले अत्यन्तै जीर्णावस्थामा पुगेको बताएका छन्। उनले यो स्कूलको जीर्णावस्थाको कारणले हाइवेमा ठूल्ठाला गाड़ीहरू कुद्दा पनि स्कूल भवन हल्लिने गरेको र यस भवनको मरमत्ति कसैले पनि गरिदिए हामी आभारी रहने भनी बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *