राष्ट्रिय राजमार्ग कार दुर्घटनामा चार घाइते

ACCIDENT-3.jpg

जलपाईगढ़ी: जिल्लाको लाटागुड़ी राष्ट्रिय राजमार्ग-३१ मा शनिवार राति बाहन दुर्घटना भएको छ।यस भीषण दुर्घटनामा चार जना घाइते भएका छन्। जसमा तीनलाई सिलगढ़ीको एक निजी नर्सिङ होममा भर्ती गराइएको छ जबकि एक व्यक्तिलाई प्राथमिक उपचारपछि घर पठाइएको छ। हिजो राति एक कार जसमा चार जना सवार थिए।लाटागुड़ीदेखि बाताबाडीतिर आईरहेको समय कार अनियन्त्रित भएर सड़क छेउ पल्टियो।कारमा सवार चारै जनालाई स्थानीय ग्रामीणहरूले मालबजार सुपर स्पेशियलिटी अस्पतालमा भर्ती गराए। जहाँ प्राथमिक उपचारपछि तीन जनालाई सिलगढ़ीको एक निजी नर्सिङ होममा भर्ती गराइयो। जबकि एकलाई प्राथमिक उपचारपछि घर पठाइयो। सबै घाइते ताका बासिन्दा हुन्। यसको सूचना पाएर मेटेली थाना पुलिस घटनास्थलमा पुग्यो र कारलाई आफ्नो कब्जामा लियो। पुलिस दुर्घटनाको जाँचमा जुटेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *