प्रेमाको ‘फूल यो चुँडेर’ गीत सार्वजनिक

00-1-8bc11e23-040a-4a77-975c-84cc8462387c


काठमाडौं: यसै मार्च ३१ देखि रिलिज हुने फिल्म ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ। गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत छ। फिल्मका प्रमुख तीन कलाकार शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड गीतमा अरुणले प्रेमको पीडा पोखेका छन्। गीतमा अरुणले गायन रियालिटी शो ‘सुर सितारा’मा यो गीत गाएर प्रेम पीडा व्यक्त गरेको देखाइएको छ। गीत हेर्दा प्रेमकै कारण प्रमुख तीन पात्रबीच खटपट भएको बुझ्न सकिन्छ।

गीतमा तीन पात्रको पीडालाई अलग अलग भावमा देखाइएको छ। केही दृश्यमा भने उनीहरुको प्रेमलाई पृष्ठभूमिका रुपमा प्रस्तुत गरिएको छ। गीत हेर्दा प्रेमको बढी पीडा शुभेक्षा र अरुणलाई भएको अनुभव गर्न सकिन्छ। फिल्ममा शुभेक्षाले शीर्ष चरित्र ‘प्रेमा’को भूमिका निर्वाह गरेकी छन्। निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो। गीत बाघठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया९काजु०को अभिनय छ।


निर्देशक भण्डारीका अनुसार फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्छ। फिल्म गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन्। सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको सङ्गीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५।१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेल (डब्ल्युआईसीए) को डीओपी छ। फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ।

भिडियो लिंक:

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *