प्रयागराजमा लुगा च्यात्ने गजबकै होली

00-1-Holi-in-Prayagraj

प्रयागराज: प्रयागराजमा तीन दिनसम्म होली मनाइन्छ। यसमा रंग मात्रै उड्दैन, लुगा च्यातेर  होली मनाउने चलन छ। सडकमा होलीको भीडले मानिसहरूले एकअर्काको लुगा च्यात्छन् अनि यसमा कसैलाई नराम्रो लाग्दैन। प्रयागराजमा होलीको चहलपहलका बीच चिसो पेय पिउने चलन छ। जम्मा भएका सयौं मानिसहरूलाई नि:शुल्क चिसो पेय पदार्थको पनि व्यवस्था गरिएको छ। होली मनाउन लोकनाथ चौराहा, जनसेनगञ्ज, कटरा, दारागञ्ज, आलोपीबाग, झोन्सी, नैनी, फाफामौ, राजरूपपुरलगायतका चोकमा भीड लाग्ने गरेको छ। होली खेल्नेहरूले फाटेका लुगा हावामा फाल्छन्, जुन प्रायः बिजुलीको तारमा फसेका हुन्छन्। गत वर्ष महोत्सवमा पाँच क्विन्टल गुलाब, ११ क्विन्टल अबिर–रंग र तीन क्विन्टल कागजका टुक्रा प्रयोग गरिएको थियो। यहाँ मेसिनबाट मानिसहरूमा रङ फालिन्छ। जसका कारण वातावरण नै रङ्गीन बन्ने गर्छ। यसले गर्दा रङहरूको आँधी चलिरहेको जस्तो लाग्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *