सदभावना कप फूटबल टुर्नामेण्टः सिलगढ़ी युनाइटेड एफसी फाइनलमा

IMG-20230129-WA0047.jpg

२९ जनवरीः युनाइटेड सिंगबुली गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित सदभावना कप नगद राशि फूटबल टुर्नामेण्टको चौथो सीजनमा सिलगढ़ी युनाइटेड फूटबल क्लबले फाइनलमा स्थान बनायो। सिंगबुली पब्लिक ग्राउण्डमा शनिवार भएको पहिलो सेमिफाइनल म्याचमा सिलगढ़ी युनाइटेड एफसी-ले खरसाङको मिक्स्ड अप् बोइजलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अभिषेक दर्जी (सालबारी) र बिरेन प्रधानले गोल गरे। यसरी नै मिक्स्ड अप् बोइजबाट एकमात्र गोल पेनल्टीबाट लाक्पा तामाङले गरे। आइतवार खेलिने दोस्रो सेमिफाइनलमा नागरीको गोर्खा बोइज र फारानाइस मिरिकबीच भिड़न्त हुनेछ। यसरी नै फाइनल ५ फरवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १,११,१११ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५५,५५५ रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *