हाम्रो स्वाभिमान ट्रस्टद्वारा आवश्यकता परेकाहरुलाई कम्बल वितरण

00-IMG_20230101_180727

सिलगढी: समाज सेवामा अग्रगामी हाम्रो स्वाभिमान ट्रस्टले नयाँ वर्षको पहिलो दिन १ जनवरी २०२३ मा मुकुन्दपुर दिल्लीमा पुगेर आवश्यकता परेकाहरुलाई कम्बल वितरण गर्योl! हाम्रो स्वाभिमान ट्रस्टले चिसोबाट बच्न गरिब तथा विपन्नहरुलाई हरेक वर्ष नि:शुल्क कम्बल वितरण गर्दै आएको छ। यही पहललाई अगाडि बढाउँदै यसपटक पनि नयाँ वर्षको अवसरमा गरिब तथा आवश्यकता परेकाहरुलाई कम्बल वितरण गर्ने गरेको छ। कम्बल वितरण कार्यक्रम मुकुन्दपुर, दिल्लीमा गरिएको थियो।

यस अवसरमा हाम्रो स्वाभिमान ट्रष्टका अध्यक्ष नारायण श्रेष्ठले आर्थिक रुपले कमजोर वर्गकाहरूलाई आत्मबल जगाएर सशक्तिकरण गर्नु परम कर्तव्य रहेको बताएका छन। उनले यस्ता आवश्यकतामा परेकाहरुका उत्थानका लागि संस्थाले हरेक वर्ष जति सक्दो सहयोग गरिरहने बताए। सो अवसरमा संस्थाका कार्यकारी अध्यक्ष शिवलाल ज्ञवालीले अत्याधिक चिसोमा गरिब वर्गलाई संस्थाले सहयोग गर्नसक्ने गरी आवश्यक परेकालाई आर्थिक सहयोग गर्ने बताए। यसको लागि ट्रस्टले निरन्तर सेवा जारी राख्ने भएको छ। कम्बल वितरण कार्यक्रममा महिला समितिकी अध्यक्ष श्रीमती अनिता ज्ञवाली र उपाध्यक्ष कमला शर्माको विशेष भूमिका रहेको थियो। कम्बल वितरणमा संस्थाका संस्थापक सदस्य सन्तोष कुमार, श्रीमती जमुना, श्रीमती रमा तिवारी, श्रीमती माया पाण्डेय, गणेश श्रेष्ठ, संस्थाका महासचिव श्रीमती अनिता छेत्री आदिको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *