चिण्डिट्स वरियर्स प्री-क्वार्टर फाइनलमा

IMG_20221209_231959.jpg

९ दिसम्बरः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालीझोड़ा शाखाको तत्त्वावधानमा आयोजित गोपाल प्रधान स्मृति विनर ट्रफी अनि शहीद उत्तम प्रधान स्मृति रनर अप् ट्रफी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा चिण्डिट्स वरियर्स ९ जीआर सालुगढ़ाले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। कालीझोड़ा फूटबल मैदानमा शुक्रवार भएको म्याचमा चिण्डिट्स वरियर्स ९ जीआर सालुगढ़ाले टीएफए टिस्टालाई ४-०-ले पराजित गऱ्यो।विजेता टीमबाट केबी साइले ह्याट्रिक गरे। यसबाहेक एक गोल शिव थापाले दर्ता गरे। ओपन टुर्नामेण्टमा जम्मा २८ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २७ र २८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत नगद पुरस्कार र ट्रफीहरू पनि रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *