सिक्किम: मुख्यमन्त्री षड्मासिक विश्वशान्ति महायज्ञको समापनमा सहभागी

282f9a6a-ddb5-4e49-a07a-e9c73edbad47

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मणिपुरका मुख्यमन्त्री एन. बिरेन सिंहको निमन्त्रणालाई स्वीकार गर्दै षड्मासिक विश्वशान्ति महायज्ञको समापनमा सहभागी बने। मणिपुर राज्यको सन्तोलाबाड़ी काङ्गपोक्पीमा आयोजित षड्मासिक विश्वशान्ति महायज्ञको समापनको अवसरमा आज मुख्यमन्त्री प्रेमसिंह तामाङ सहभागि बनेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ। मणिपुरका मुख्यमन्त्री एन. बिरेन सिंह तथा दार्जीलिङका लोकसभा संसद राजु बिष्टको विशेष निमन्त्रणामा मुख्यमन्त्री प्रेमसिंह तामाङ सो महायज्ञमा सहभागी बनेको बताइएको छ। यो महायज्ञ गत ३० जून, २०२२ देखि शुरु भएर ६ महिनासम्म चलेको थियो भने आज यज्ञको सफलतापूर्वक समापन भएको हो। मणिपुर राज्यका मुख्यमन्त्रीले यस महायज्ञको समापनको अवसरमा सहभागी बन्न सिक्किम मुख्यमन्त्रीलाई विशेष निमन्त्रणा दिएका थिए। उनको निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै आज बिहान मुख्यमन्त्री इम्फाल अन्तरराष्ट्रिय हवाईअड्डा पुगे। मुख्यमन्त्री तामाङलाई दार्जीलिङका संसद सदस्य राजु विष्टले न्यानो स्वागत जनाए। यसपछि मणिपुरका मुख्यमन्त्री एन. बिरेन सिंहले आफ्नो सरकारी निवासमा सिक्किमका मुख्यमन्त्रीलाई स्वागत जनाए।

महायज्ञ समापनको अवसरमा मणिपुरका मुख्यमन्त्री सिंहले धर्मोदय वेद विज्ञान गुरुकुलको स्थापना भएको ७५औं वर्षको अवसरमा ’अमृत स्तम्भ’ स्मारक शिलाको अनावरण गरे। यो स्तम्भ आउने भावी-पीढ़ीका लागि आध्यात्मिक तथा धार्मिक मार्गलाई बनाइ राख्ने दिशामा गोर्खा समुदायले दिएको योगदानको प्रमाण स्वरुप स्थापित छ। सिक्किमका मुख्यमन्त्री तामाङले पूर्वोत्तर राज्यका मानिसहरू, विशेष गरी गोर्खा समुदायका मानिसहरूबीच प्रेम तथा एकताको भावना सम्बन्धमा आफ्नो विचार साझा गरे। उनले वेद विज्ञान गुरुकुल परिवारलाई यस महायज्ञको सफल समापन तथा गुरुकुलले ७५औं वर्ष पूर्ण गरेकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे।यसका साथै मुख्यमन्त्रीले आफूलाई यस्तो भव्य अनि ऐतिहासिक महायज्ञमा निमन्त्रणा दिएर सहभागी बन्ने अवसर प्रदान गरिएकोमा मणिपुरका मुख्यमन्त्री सिंह, दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता विष्टलगायत सम्पूर्ण मणिपुरवासीमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गरे।

महायज्ञमा सहभागी बन्नअघि दुवै राज्यका मुख्यमन्त्रीबीच विशेष चर्चा भएको बताइकएो छ। दुवै राज्यका मुख्यमन्त्रीबीच पूर्वोत्तर राज्यका मानिसहरूको जीवनस्तर सुधार गर्ने दिशामा मिलेर काम गर्ने साथै पूर्वोत्तर राज्यहरूको अर्थव्यवस्थामा सुधार गर्ने विषयमा व्यापक चर्चा भएको थियो। यस क्रममा दुवै मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको भिजन पूर्वोत्तरलाई ‘देश विकासको इन्जिन’ बनाउनेमाथि सहमति व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *