सिक्किम: गान्तोकमा भेटरेन्स अनि मास्टर्स ब्याडमिन्टन च्याम्पियनशीप आरम्भ

IMG-20221208-WA0391.jpg

गान्तोक: ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको तत्वावधानमा आजदेखि यहाँको पाल्जोर इण्डोर स्टेडियममा तीन दिवसीय ३१औं भेटरेन्स अनि मास्टर्स ब्याडमिन्टन च्याम्पियनशीप आरम्भ भएको छ। आजको उद्घाटन समारोहमा सिक्किम सरकारको खेलकुद एवं युवा मामिल विभागका सचिव राजु बस्नेत मुख्य अतिथि रहेका थिए। सचिवले यस तीन दिवसीय प्रतियोगिताको शउभारम्भ भएको आधिकारिक घोषणा गरेपछि एसोसिएशनले सफा खेलको निम्ति सबैलाई शपथ ग्रहण गराए।

स्वास्थ्य जीवनशैलीको सन्देशन सहित आयोजन गरिएको यो च्याम्पियनशीपमा राज्यभरिका १५० भन्दा अधिक खेलाड़ीहरूले भाग लिइरहेको एसोसिएशनका अध्यक्ष डेविड लिङ्गदोङले जानकारी गराएका छन्। कोरोनाको समयमा खेलाड़ीहरूलाई धेरै कम संक्रमित भएको कुरालाई मध्यनजर यो प्रतियोगिताको आयोजन गरिएको उनले थप जानकारी गराएका छन्।

यस राज्यस्तरीय प्रतियोगितामा सबैभन्दा धेरै उमेर भएको खेलाड़ी ७६ वर्षीय रविन राई रहेका छन्। तीन दिनमा जम्मा १४ वटा वर्गमा प्रतियोगिता सम्पन्न हुनेछ भने आज प्रथम दिन ३५ वर्षभन्दा माथि अनि ४५ भन्दा माथिका खेलाड़ीहरूले प्रतिस्पर्धा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *