पश्चिम बङ्गाल: अनिवेस ठकुरीको ईको पल्स र ट्रि टेन्ट; पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै

IMG-20221208-WA0329.jpg

खरसाङ: पहाड़मा पर्यटन व्यवसायमा प्रशस्त सम्भावना छ अनि युवाहरूले चाहे आफ्नै क्षेत्रमा धेरै काम गर्नसक्छ भन्ने प्रमाणित गरेका छन् सिपाहीधुरा निवासी युवा अनिवेस ठकुरीले। खरसाङदेखि ५-६ किलोमीटरको दुरीमा रहेको सिपाहीधुरादेखि डेढ किलोमीटर मुनि भोटे बस्तीमा प्राकृतिक परिवेसभित्र रहेर अनिवेस ठकुरीले पर्यटकहरूको लागि शुरु गरेका छन् ट्रि टेन्ट। उनले उक्त क्षेत्रलाई नै प्राकृतिक परिवेशमा एकदमै असल ढंगले ईको पल्स नाम दिएर ट्रि टेन्ट शुरु गरेका छन्। उनले विगत २०२१ को जुलाई महिनादेखि शुरु गरेको पर्यटन व्यवसाय अहिले पर्यटकहरूको लागि मुख्य आकर्षणको केन्द्र बनेको छ। शहरको कोलाहलदेखि टाड़ा स्वच्छ र सुन्दर परिवेशमा रूखहरूले घेरेको रूखहरूले टँसाएर टेन्ट बनाएका छन् अनि नाम दिएका छन् ईको पल्स। बाँसले बनिएको सिँढ़ीहरू, बाँसले बनाएको प्राकृतिक छँटाभित्र रहेर बनिएको ईको पल्समा पुग्ने कुनै पनि पर्यटक निक्कै आकर्षित बन्नेछ। यहाँ जम्मा छवटा ट्रि टेन्टहरू राखिएको छ भने सभा गर्ने र अन्य क्रियाकलापको लागि पनि व्यवस्था गरिएको छ। यहाँ आएर दिनभरि समय बिताउनु र रातमा होल्ड टेन्टमा आरामले गर्न सकिन्छ। यहाँ आएर जसले पनि आरामदायक र शान्ति महसुस गर्ने गरेको छ। ईको पल्स विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पर्यटन व्यवसायी अनिवेस ठकुरी भन्छन् – आफुले होटेल लिजमा लिएर चलाउने गरेको तर कोरोना महामारीको समय होटल व्यवसाय बन्द भएपछि आफ्नै ठाउँमा आएर केही गर्ने अठोटसहित सिपाहीधुराको भेटे बस्तीमा रहेको आफ्नो क्षेत्रमा पर्यटकहरूलाई आकर्षित पार्न सक्ने ईको टुरिज्ममाथि ध्यानमा राखेर ट्रि टेन्ट शुरु गरेको र अहिले यहाँ पर्यटकहरू विस्तारै आउने गरेको छ।

उनले भने, ‘हामी दार्जिलिङको सुन्दर प्राकृतिक र पर्यटकीय स्थलमा जन्मेका छौं र हामीले हाम्रै क्षेत्रमा रहेर कार्य गर्न सक्ने रैछु भनेर न यस क्षेत्रमा लागि परेको छु। यहाँ पर्यटकहरूको लागि बस्नलाई ट्रि टेन्टको व्यवस्था रहेको छ अनि खानालाई यहाँको स्थानीय खानाहरू साथै राती बसेर क्याम फायर गर्ने तथा सानो तिनो सांगीतिक कार्यक्रम गर्नुलाई पनि व्यवस्था गरिएको छ।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *