दार्जीलिङ: श्रमिकहरूको आखाँमा धूलो हाल्ने काम हुँदैछ अनि जीटीएमा चिया बगान पर्दैन भन्नेहरूले कुन आधारमा बैठक बोलाए: राजु सुब्बा

IMG-20221208-WA0318.jpg

जीटीएको चौकीमा बस्नेहरूले चिया श्रमिकहरूको आँखा छल्ने काम गर्दैछ भन्ने हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय प्रमुख सल्लाकार राजु सुब्बाले बताएका छन्। रंगमुक सिडर्स, पान्दाम, राँगेरूङ, आलुबरी चिया बगानहरूलाई लिएर आज जीटीएले जीटीए मुख्यालय लालकोठीमा एक बैठक बोलाएको थियो अनि उक्त बैठकमा राज्यको श्रम विभागको पक्षबाट कुनै अधिकारीहरूको उपस्थिति थिएन तर बैठकमा यी चारवटा चिया बगानहरू नयाँ मालिकलाई सुम्पिएको खबर छ भनी हाम्रो पार्टीको ट्रेड युनियनको पक्षबाट प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। विज्ञप्तिमा गत केही महिना अघि भागोप्रमोको केन्द्रीय महासचिव एंव जीटीए चिफ अनित थापाको प्रमुख सल्लाहकार अधिवक्ता अमर लामाले चिया बगानहरू जीटीएको अधीनमा आउँदैन भन्ने जानकारी गराई सकेका छन् भने आज फेरि जीटीएले चिया बगानहरूको विषयलाई लिएर कुन आधारमा बैठक बोलाए?सुब्बाले प्रश्न तेर्साएका छन्। आज बैठकमा राज्य सरकारको श्रम विभागको पक्षबाट कुनै अधिकारीहरूको उपस्थिति नरहेकोले जीटीएको चौकीमा बस्नेहरूले चिया श्रमिकहरूको आँखा छल्ने कामहरू मात्र गरेको हो भन्ने सुब्बाले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *