कप्तान रोहित शर्मासहित तीनजना खेलाड़ी तेस्रो वनडे-बाट बाहिर

IMG-20221208-WA0109.jpg

८ दिसम्बरः कप्तान रोहित शर्मासहित तीनजना भारतीय खेलाड़ी चोटले गर्दा बंग्लादेश विरुद्ध तेस्रो तथा अन्तिम वनडे म्याचबाट बाहिर भएका छन्। बुधवार खेलिएको दोस्रो वनडे म्याचमा भारत ५ रनले पराजित भयो। यसको साथै तीनवटा म्याचको सीरीजमा बंग्लादेशले २-०-को अजेय बढ़त हासिल गरिसकेको छ। म्याचपछि प्रशिक्षक राहुल द्रविड़ले रोहितसहित तीनजना खेलाड़ीले बंग्लादेश विरुद्ध अन्तिम वनडे म्याच खेल्न नसक्ने पुष्टि गरे। भारतीय कप्तान विशेषज्ञहरूका परामर्श लिन मुम्बई फर्किनेछन्। टीममा लगातार बढ़िरहेको चोट-आघातलाई दुर्भाग्यशाली बताउँदै द्रविड़ले टेस्ट सीरीजमा रोहितले हिस्सा लिनेबारे फसेला पछिबाट गरिने जानकारी दिए।
भारतीय क्रिकेट टीमका मुख्य प्रशिक्षक द्रविड़ले भने, रोहितले निश्चित रूपले तेस्रो वनडे खेल्ने छैनन्। उनी मुम्बई फर्किनेछन्। त्यहाँ गएर उनले चोटको स्थितिबारे एकजना विशेषज्ञबाट परामर्श लिनेछन्। यसैकारण उनी टेस्ट म्याचको निम्ति आउनेछन् या छैनन् भन्ने अहिले नै केही बताउन सकिँदैन। चोट निको हुन केही समय त अवश्यै लाग्नेछ। दोस्रो वनडे म्याचमा केवल तीन ओभर बलिंग गर्ने दीपक चाहरलाई पनि अन्तिम वनडे म्याचबाट बाहिर गरिएको छ जबकि दोस्रो वनडे म्याच खेल्नदेखि चुक्ने कुलदीप सेनले पनि अन्तिम म्याच खेल्नेछैनन्। द्रविड़ले म्याचपछि भने, यी तीनजनाले निश्चित रूपले तेस्रो वनडेमा हिस्सा लिनेछैनन्।
बंग्लादेशको ईनिंग्सको अवधि मोहम्मद सिराजको बलिंगमा स्लिपमा उभिएर क्याच लिने प्रयास गर्दा रोहितको औंलीमा चोट लागेको थियो। बलले बुड़ी औंलीमा लागेको थियो। त्यसपछि उनीले तुरन्तै मैदान छोड़ेका थिए अनि त्यहाँबाट स्क्यानको निम्ति उनलाई अस्पताल लगिएको थियो। औंलीको चोट लिएर पनि रोहितले अन्तिम समयमा ब्याटिंग गर्न मैदानमा ओर्लिने फसेला गरे। चोट लिएर पनि उनले विध्वंशी अर्द्धशतकको साथ भारतलाई जिताउने अन्तिम क्षणसम्म प्रयास गरे। रोहितको यस प्रयासको द्रविड़ले पनि प्रशंसा गरे। उनले भने, रोहितले अभूतपूर्व साहस देखाए। हातमा केही सिलाई लागेपछि पनि इन्जेक्शन लगाएर उनी मैदानमा ओर्लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *