ज्ञवालीज्यूको पुस्तकको जर्मन संस्करण विमोचन भयो

IMG-20221114-WA0147.jpg

मेघालयका माननीय मुख्यमंत्री श्री कोंराड संगमाले हालै सलिल ज्ञवालीज्यू कृत ‘Great Minds on India’ पुस्तकको जर्मन संस्करण विमोचन गर्नु भएको छ। उक्त अवसरमा राज्यका कला र संस्कृति विभागका मंत्री श्री संबोर शुलाईको पनि उपस्थिति थियो। लगभग बीस वर्ष लामो साधनामय अनुसंधानको परिणाम, ज्ञवालीज्यूको यो कृति पहिले नै तेह्र देश-विदेशका भाषाहरूमा अनुदित भई सकेको छ। यसको जर्मन संस्करणको अनुवाद गर्नु भएको छ जर्मन निवासी केरोलिन हगेनले। कोलंज स्थित योग केंद्रमा पहिलो पल्ट उहाँका आँखा यो किताबमाथि परेका हुन। किताबका पाना पल्टाउँदै जाँदा किताबका विभिन्न विषयवस्तु र विशेष गरी Johann Goethe, Albert Einstein, Harman Hesse, Arthur Schopenhauer जस्ता विश्वप्रसिद्ध मनीषीहरुले भारतीय ज्ञान र अनुसंधानका संबंधमा गरेका गहकिला भनाईहरुले उहाँलाई अत्त्यधिक आकर्षित गरेको थियो ।

पुस्तक की अनुवादक केरोलिन हगेन एकजना योग अनुरागी हुनुहुन्छ। उहाँले भारतको भ्रमण पनि गरी सक्नु भएको छ। उहाँ भन्नुहुन्छ– “ज्ञवालीज्यूको यो पुस्तकको अनुवाद गर्ने मेरो प्रयासलाई प्राचीन भारत प्रतिको मेरो विनम्र श्रद्धांजलि भनि म सम्झन चाहन्छु। यस पुस्तकको अनुवाद र प्रकाशनले पश्चिमी जगतमा प्राच्य जगत का उच्चतम ज्ञानको ज्योति छर्नेछ भन्ने कुरामा मेरो ठुलो आशा र विश्वास छ।” योभन्दा पहिले ज्ञवालीज्यूको पुस्तक महाराष्ट्र तथा गुजरात का राज्यपाल र शिक्षामंत्री हरुबाट, मेघालय तथा पश्चिम बंगाल का राज्यपाल हरुबाट एवं छत्तीसगढ राज्यका मुख्यमंत्रीबाट पनि विमोचित भईसकेको हो। अंग्रेजी भाषाका माध्यमबाट यो पुस्तक विश्वव्यापि हुन पुग्यो र यसले उच्च प्रसंशा बटुल्न सक्यो। नासाका प्रमुख वैज्ञानिक -- श्री कमलेश लुल्लाले यस कृतिको प्रकथन लेखेका छन्।

गुजरातका भूतपूर्व मुख्यमन्त्री विजय रुपानी आफ्नो प्रसंशा पत्रमा लेख्नुहुन्छ — “ज्ञवालीज्यूको पुस्तक हाम्रा युवावर्गका निम्ति अवश्य पनि एउटा अमूल्य सम्पत्ति हुनेछ र आउने पुस्ता निश्चित रूपमा हाम्रा प्राचीन वाङ्मयहरु बाट अत्यंत प्रेरित हुनेछ।”

पंजाब, कर्नाटक र असम सरकारहरुले पनि ज्ञवाली ज्यूको यस पुस्तकको उच्च प्रशंसा गरेका छन र त्यहाँका राज्यभाषा पंजाबी, कन्नड र असमीयामा अनुवाद र प्रकाशन गर्ने वचनबद्धता पनि प्रकट गरेका छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *