इण्डोनेशियामा रणक्षेत्र बन्यो फूटबल स्टेडियम, १२९ जनाको मृत्यु

IMG-20221002-WA0109.jpg

२ अक्टोबरः इण्डोनेशियामा शनिवार एउटा फूटबल म्याचको अवधि स्टेडियम भित्र भएको हिंसामा कम्तीमा १२९ जनाको मृत्यु भएको छ। यसबाहेक लगभग २०० जना घाइते भएको खबर प्राप्त भएको छ। घटना पूर्वी जावाको मलंग रीजेन्सीको कञ्जुरुहान स्टेडियममा भयो। रिपोर्ट अनुसार, स्टेडियममा अरेमा एफसी र पर्सेबाया सुरबायाबीच म्याच चलिरहेको थियो। म्याचमा अरमे एफसी पराजित भएपछि टीमका प्रशंसकहरूले मैदानमा प्रवेश गरे। यस अवधि केही समर्थकहरूले विपक्षी टीमका खेलाड़ीहरूमाथि हमला पनि गरे। यस घटनाको भीडियो अहिले सोशल मीडियामा भायरल भइरहेको छ। भीडियोमा रिसाएका प्रशंसकहरू मैदानमा पसेको अनि सुरक्षाकर्मीहरूमाथि जे पायो त्यही झटारो हान्न थालेको देखिएको छ। त्यसपछि पुलिसले स्थितिलाई नियन्त्रणमा ल्याउन लाठी चार्ज गर्नको साथै अश्रुग्यास पनि प्रयोग गऱ्यो। स्थानीय मीडिया रिपोर्ट अनुसार, स्टेडियम भित्र कुटापीट, कुदाकुद र सास रोकिँदा धेरैको मृत्यु भयो। मृतकहरूमा चारजना पुलिसकर्मी पनि सामेल छन्। घटनामा घाइते हुनेहरूका उपचार चलिरहेको छ। पूर्वी जावाका पुलिस अधिकारी निको अफिण्टाले बताएअनुसार, ३४ जनाको त स्टेडियम भित्र नै मृत्यु भएको थियो। यस घटनापछि स्थानीय फूटबल लीगलाई स्थगित गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *