जिल्लास्तरीय अनुगमन समितिले गऱ्यो गति इनफ्रास्टक्चरको निरीक्षण

IMG-20221001-WA0175.jpg

गान्तोक: पाकिम जिल्लास्तरीय अनुगमन सिमितिका सदस्यहरूले हिजो रङ्गेलीमा सञ्चालित गति इनफ्रास्टक्चर कम्पनीको भ्रमण गरे। पाकिम जिल्लाकी अतिरिक्त जिल्लापाल अनुपा तामलिङको नेतृत्वमा गएको टोलीले विशेष गरेर उक्त कम्पनीद्वारा उत्पन्न गरिने फोहोर प्रबन्धनबारी जानकारी लिने उद्देश्यले भ्रमण गरिएको हो।टोलीले प्रत्येक दुई महिनामा कम्पनीको भ्रमण गर्दै वास्तविकता बुझ्दै आइरहेको छ। स्थानीयहरूको जनजीवन र सम्पत्तिको सुरक्षा सरकारको प्रमुख दायित्व भएकाले जलविद्युत आयोजनाले अपनाएको सुरक्षा उपायहरूको निरीक्षणको मुख्य उद्देश्य थियो। जलविद्युत सुविधामा हुन सक्ने खतराहरू र परियोजनाको जग्गा र पानीको उपयोग गर्ने जनताको सुरक्षा बढाउनका लागि प्रयोग गरिने सुरक्षा उपकरण वा अन्य उपायहरूको जाँच गर्ने अर्को उद्देश्य पनि थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *