ब्रेकिङ न्यूज: कानपुरमा भीषण दुर्घटना, ट्याक्टरको ट्रली पल्टिँदा करिब २५ तीर्थयात्रीको मृत्यु

Accident-Rep-Image

कानपुर: उत्तर प्रदेशको कानपुर जिल्लाको घाटमपुर इलाकामा उन्नावबाट तीर्थयात्रीहरू बोकेको ट्रयाक्टर ट्रली पल्टिँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन्। पुलिसले तुरुन्तै घटनास्थल पुगेर राहत र उद्धार कार्य शुरु गरेको छ। समाचारअनुसार यी तीर्थयात्रीहरू उन्नावको बक्सरमा रहेको चन्द्रिका देवी मन्दिरको दर्शन गरेर आफ्नो गाउँ कोरथा फर्कदै गर्दा साध थाना क्षेत्रको गौशाला क्षेत्रमा ट्र्याक्टर ट्रली पल्टिएको थियो। यो दुर्घटनापछि चारैतिर सनसनी मच्चियो। सोही क्रममा पुलिस पनि दुर्घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेर घाइतेहरुलाई तत्कालै नजिकैको सीएचसी पठाइयो, जहाँ २५ जनालाई मृत घोषणा गरियो भने अन्य गम्भीर घाइते तीर्थयात्रीको उपचार भइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *