एकै किस्तामा बीस प्रतिशत बोनसको लागि जंगपाना चियाबारीमा श्रमिकहरूद्वारा मालिकलाई धन्यवाद

IMG-20221001-WA0133.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको जंगपाना चियाबारीमा बीस प्रतिशतको दरले बोनस वितरण गरेकोमा श्रमिकहरूले मालिक पक्षलाई धन्यवाद दिएका छन्। जंगपाना चियाबारीमा गत २६ सेप्टेम्बरको दिन एकै किस्तामा बीस प्रतिशत बोनस वितरण गरिएको थियो। बोनससितै श्रमिकहरूलाई टि सर्ट र साड़ीहरू पनि वितरण गरिएकोमा जंगपाना चियाबारीको श्रमिकहरू भेला भएर मालिक पक्षलाई धन्यवाद दिएका छन्।

यस अवसरमा मे फेयर्स कम्पनीको मालिक दिलिप रे अनि कम्पनीको भाइस चेयरम्यान बिनोद बराललाई उपस्थित श्रमिकहरूले खदार्पणसहित आभार प्रकट गरेका छन्। यस अवसरमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले आफ्नो वक्तव्यमा जंगपाना चियाबारीमा श्रमिकहरूलाई एकै किस्तामा बीस प्रतिशत बोनस वितरण गरिनुको साथै टि सर्ट र साड़ीहरू वितरण गरिएकोमा मालिक पक्षलाई धन्यवाद दिएको बताएका छन्। यसरी श्रमिकहरूले दिएको माया र साथको लागि कम्पनीको भाइस चेयरम्यान बिनोद बरालले धन्यवाद दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *