भाजपा सोनार बंगाल बनाउन चाहन्छ- दिलीप घोष

b7142330-3727-42be-b618-57b38e9f6cb4

वीरपाडा- भाजपा सोनार बंगाल बनाउन चाहन्छ| गोर्खा जनमुक्ति मोर्चा सत्तारुढ तृणमूल कङ्ग्रेससँग भए देशभक्त र भाजपासँग भए पृथकतावादी भनिन्छ, सत्तारुढ दलको यो चाल जनताले बुझिसकेका छन्| हामी श्यामा प्रसाद मुखर्जीको बंगाललाई सुनौलो बंगाल बनाउन चाहन्छौं| बिहीबार वीरपाडा पुरानो बस स्ट्यान्डमा भाजपाका १६ नम्बर मण्डलले आयोजना गरेको ‘चिया माथि चर्चा’ कार्यक्रममा भाजपाका अखिल भारतीय उपाध्यक्ष दिलीप घोषले यस्तो टिप्पणी गरेका हुन् |
जीटीएले सोमबारको पहिलो बैठकमा गोर्खाल्याण्डको प्रस्ताव पारित भएको विषयमा दिलीप घोषलाई सोधिएको प्रश्नमा तिनले सो विषयलाई बेवास्ता गर्दै सोनार बंगला बनाउने कुरा गरे|

शिक्षक नियुक्तिमा भ्रष्टाचारको छानबिनमा मन्त्रीसहित शिक्षा क्षेत्रमा संलग्न अधिकारीलाई पक्राउ गर्ने सम्बन्धमा अन्य धेरै नेता तथा मन्त्रीलाई पनि पक्राउ गरिने भएको छ| राज्य भ्रष्टाचारले भरिएको छ| चोर्नेहरू उम्कने छैनन्| सम्बन्धित सबैले जेलको भात खानुपर्छ| तिनले केन्द्रीय आयोजनाको आवन्टन राशि राज्यमा लुटिरहेको टिप्पणी गरे | देशका सबै राज्य सरकारी कर्मचारीहरूले नियमित रूपमा भत्ता पाइरहेका छन्| पश्चिम बंगालमा मात्र सरकारी कर्मचारीहरू सही भत्ताबाट वञ्चित छन्| तिनले भत्ता सरकारी कर्मचारीको अधिकार रहेको टिप्पणी गरे|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *