चिया श्रमिकहरुको बोनस बैठक निष्कर्षविहीन

1622223508_29tea_6.jpg

कालचिनी: चिया श्रमिकहरुको बोनस २० प्रतिशतको दरले दिनुपर्ने माग सबै ट्रेड यूनियनहरुले गर्दै आइरहेको बीच मङ्गलबार एथेलबाड़ी स्थित डीबीआईटीएमा सम्पन्न भर्चुअल बैठक फलरहित भएको ट्रेड यूनियन प्रतिनिधिहरुले जनाएका छन्। डीबीआईटीएमा मङ्गलबार प्रत्येक ट्रेड यूनियनका प्रतिनिधिहरु एवं भर्चुअलमा सीसीपीएबीच सम्पन्न भएको बैठकमा ट्रेड यूनियन प्रतिनिधिहरुले २० प्रतिशत भन्दा कममा बोनस चुक्ति नहुने अड़ान लिएपछि सीसीपीएका मालिकपक्षले आउँदो करम पूजा पर्व पश्चात पुनः बैठक बस्ने बताएपछि बैठक फलरहित भयो। सीआईटीयूको पक्षबाट विद्युत गुन र विकास महलीले चिया श्रमिकहरुको हकमा २० प्रतिशत बोनसको माग आफूहरुले राख्दै आइरहेको र यस भन्दा कम्ती दरमा नमान्ने तर कमजोर कमानहरुको पक्षमा केही सम्झौता गर्न ट्रेड यूनियनहरु तयार भए पनि मालिकपक्षले कुनै निर्णय लिन नसक्दा बैठक फलरहित टुंगिएको बताएका छन्। आउँदो करम पूजा पश्चात पुनः बैठक हुने सीसीपीए र ट्रेड यूनियनक स्रोतले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *