सुपर कप २०२२-को क्रीड़ासूची जारी

IMG-20220819-WA0188.jpg

१९ अगस्त: बीरपाड़ा बादाहाउदा देविसिमुल सर्व समाजको तत्त्वावधानमा आउँदो २५ अगस्तदेखि शुरु गरिने सुपर कप २०२२ फूटबल टुर्नामेण्टको सीजन २-को क्रीड़ासूची जारी गरियो। बीरपाड़ा फरेष्ट (जारिप) मैदानमा हुने यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिनेछ। दुईवटा सेमिफाइनल म्याच २७ अगस्तमा खेलिनेछ। यस चारदिने फूटबल टुर्नामेण्टको फाइनल २८ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। गत वर्ष भएको सुपर कपको पहिलो सीजनमा दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी च्याम्पियन भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *