अगरतला: उग्रवादी हमलामा त्रिपुरा-मिजोरम-बांग्लादेश सीमामा गम्भीर रूपमा घाइते बीएसएफ जवानको मृत्यु भयो। उत्तरी त्रिपुरा जिल्लाको आनन्दबजार थाना क्षेत्रको बीएसएफ १४५ नम्बर बटालियनको सीमानापुर-२ बीओपीमा कार्यरत जवानलाई घाइते अवस्थामा हेलीकप्टरमा अगरतला ल्याइएको थियो तर अस्पताल ल्याएपछि उसको मृत्यु भयो। बीएसएफको त्रिपुरा फ्रन्टियरको जनसम्पर्क अधिकारीले यसको पुष्टि गरेका छन्। जवानको शवलाई पोस्टमार्टमको निम्ति जीबी अस्पताल लगिएको छ। त्रिपुरा पुलिसका आईजी ल एण्ड अर्डर घटनास्थलमा पुगे।
बीएसएफको त्रिपुरा फ्रन्टियरका जनसम्पर्क अधिकारी अनुसार, सीमानापुर-२ बीओपीको बीएसएफ जवानहरूले आज बिहान सीमामा संधै झैं पेट्रोलिङ गरिरहेका थिए। अचानक सीमा पारीबाट आएका एनएलएफटी उग्रवादीहरूले बीएसएफ जवानहरूमाथि गोलीबारी गरे। बीएसएफ जवानको शरीरमा गोली लाग्यो। बीएसएफ जवानहरूको जवाबी कारबाहीपछि उग्रवादी त्यहाँबाट भागे। घटनाको सूचना पाउनसाथ उत्तरी त्रिपुरा जिल्लाका पुलिस अधीक्षक भारी पुलिस बलको साथ पुगे। बीएसएफका डीआईजी हेलीकप्टरमा घटनास्थलमा पुगे। बीएसएफले क्षेत्रमा खोजी अभियान शुरू गरेको छ। घाइते बीएसएफ जवानलाई हेलिकप्टरमा अगरतला ल्याइएको थियो तर जवानलाई बचाउन सकिएन। अस्पताल पुगेको केही बेरपछि नै उसको मृत्यु भयो।