सिक्किम विधानसभाका अध्यक्ष एलबी दासको राजीनामा

photocollage_2022818223936880.jpg

गान्तोक: सिक्किम विधानसभाका अध्यक्ष एलबी दासले आफ्नो पदबाट राजीनामा दिएका छन् जसकराण गत १६ अगस्तदेखि सिक्किम विधानसभा अध्यक्षको पद रिक्त रहेको छ। नयाँ अध्यक्ष चयनका लागि चुनाउ आगामी २२ अगस्तको दिन हुनेछ।

सिक्किम विधानसभा सचिवालयका सचिव गोपाल प्रसाद दाहालले १६ अगस्तको दिन जारी गरेको बुलेटिनमा उक्त जानकारी दिइएको छ। अध्यक्ष दासले राजीनामा दिएको र १६ अगस्तदेखि सिक्किम विधानसभा अध्यक्षको पद रिक्त रहेको जानकारी उक्त बुलेटिनमा दिइएको छ।

अर्कोतिर, सचिवालयले आज (बिहिवार) जारी गरेको बुलेटिनमा सिक्किम विधानसभाका अध्यक्षको चुनाउ आगामी २२ अगस्तमा हुने जानकारी दिइएको छ। विधानसभा सत्र सम्बन्धित कार्यहरूका कारण आगामी १९, २० र २१ अगस्तको दिन सचिवालय खुल्ला रहने कुरा पनि उल्लेख छ।

एलबी दास पश्चिम पाण्डम निर्वाचन क्षेत्रका विधायक हुन्। उनी अनुसूचित जाति समुदायबाट विधानसभा अध्यक्ष बन्ने सिक्किमकै पहिलो व्यक्ति हुन्।

उल्लेखनीय छ, विधानसभा अध्यक्ष एलबी दासले पदबाट राजीनामा दिएपछि राजनीतिक अडकलबाजीको बजार पनि गर्मिएको छ। केही दिन अघिदेखि सरकारको मन्त्री परिषद्मा फेरबलको चर्चा सुन्नमा आइरहेको थियो भने उक्त चर्चा सत्य साबित भएको छ। सूत्रहरू अनुसार, मन्त्री परिषद्मा अझ् केही फेरबदलका सम्भावनाहरूलाई लिएर पनि चर्चा चलिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *