मिरिकमा कानुनी सहायताबारे सचेतना कार्यक्रम 

23-17-56-DA-2.jpg

मिरिक: अल इण्डिया लिगल एड फोरमको आयोजनामा बिहीबार मिरिक डनबस्को स्कूलको अडिटोरियममा कानुनी साहयताबारे सचेना कार्यक्रम  भयो। डनबस्को स्कूलका फादर मुर्मुले कार्यक्रममा सबैलाई खदा लगाएपछि शुरू भएको कार्यक्रमको संचालन अधिवक्ता दिप्ती भण्डारीले गरिन्। कार्यक्रममा बोल्दै मुख्य अतिथि भारतको सर्वोच्च न्यायालयका भूतपूर्व न्यायाधीश ज्ञान सुधा मिश्राले मिरिकमा कानुनी साहयताबारे गरिएको कार्यक्रममा सहभागी  बन्न पाउँदा धेरै खुशी लागेको बताँउदै उक्त अवसर प्रदान गरेकोमा आयोजकहरूप्रति आभार प्रकट गरिन्। उनले कानुनी साहयताबारे विस्तृत जानकारी  गराँउद‌ै संविधानले नागरिकहरूलाई दिएको कानुनी साहयताबारे बताइन्।  उनले कानुनी साहयताबारे धेरै कार्यक्रमहरू हुन्छ तर यसको लाभ मानिसहरूले उठाँउन सक्दैन यसले ब्यावहारिकतामा कार्य हुन आवश्यक हुन आवश्यक रहेको छ भने।  उनले जब काननी प्रक्रियामा आवेदन आउँछ त्यसलाई राम्रो जाँच गर्नु आवश्यक रहेको बताँउदै न्यायपालिकाको प्रक्रियाबारे बताइन्। दार्जीलिङका एसपी आइपीएस डाक्टर सन्तोष निम्बलकरले भने, ‘दार्जीलिङमा मेरो कार्यकाल दुई वर्ष भयो। दार्जीलिङका मानिसहरूमा सचेतना, कानूनको मर्यदा, शिक्षा देखेर म धेरै खुशी छुl पुलिसले सबैलाई न्याय पावोस् भनेर  सक्रिय रुपमा कार्य गरिरहेको छl पुलिसले फेसबुक पेज खोलेर मानिसहरूलाई कानुनी सहायता पनि गरिरहेको छl’ दार्जीलिङ पहाडमा गैर सरकारी संस्थाहरूले कार्य गरिरहेको बताउँदै चियाकमानमा खटीखाने चिया श्रमिकहरूको हक र अधिकारको लागि अधिवक्ताहरू बन्दना राई अनि प्रताप खातीले गरिरहेको कार्यको प्रशंसा गरे। सर्वोच्च अदालतको सिनियर अधिवक्ता डाक्टर एमपी राजूले कानुनी सहायताबारे विस्तृत जानकारी  गराँउदै कानुनी साहयता अनि संविधानले दिएको अधिकारहरूबारे बताए। अल इण्डिया लिगल एड फोरमका सचिव एंव कोलकत्ता उच्च न्यायालयका सिनियर अधिवक्ता जयदीप मुखर्जीले कार्यक्रममा  सबैलाई स्वगत जनाँउदै भने, ‘यस वर्ष हामीले आजादीको ७५ वर्ष मनाइरहेका छौं, तर सचेतनाको अभावमा कतिपय मानिसहरूले आजसम्म कानूनको सठीक लाभ उठाउन सकेको छैनl’ यसैले मानिसहरूमा सचेतना जगाउन मिरिकमा यो कार्यक्रम गरेको र जसद्वारा आम नागरिकलाई लाभ हुने आशा गरे। कानुनी सहायता सबैको संवैधानिक अधिकार रहेको बताँउदै कार्यक्रम सफल बनाउन मिरिक बार एसोसिएशन, पुलिस विभाग, डन बस्को स्कूलले धेरै सहयोग गरेकोमा आभार प्रकट गरे।  यस अवसरमा मिरिक महकुमाका डिएमडिसी मृदुल श्रीमणीले समाजको  कुनै पनि व्यक्तिले कानुनी साहयता लिनसक्ने बताँउदै यसको सम्पूर्ण  जानकारी  समाजका हरेक वर्गका मानिसहरूमा हुन अति आवश्यक रहेको बताए। अधिवक्ता  चेतना तामाङले समाजमा मानिसहरूले झेल्न परिरहेको समस्याहरूबारे जानकारी साथै कानुनी सहायताबारे बताएको कार्यक्रममा  बोल्दै मिरिक महकुमाका एसडीपीओ रूद्ध नारायण सावले  मिरिकमा उक्त कार्यक्रम आयोजना गरिदिएकोमा आयोजक समितिप्रति आभार प्रकट गरे। कार्यक्रममा विभिन्न स्कूलका शिक्षक, शिक्षिका, विद्यार्थी, चियाकमानका प्रबन्धक, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको ससहभागिता रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *