भाइचुङ भोटिया सिक्किमेहरूको एकता होइन, तर साम्प्रदायिक सद्भाव तोड्न चाहने व्यक्ति हुन् भनी एसकेएकाे आरोप

IMG_20220817_233816.jpg

गान्तोक: सत्तारूढ़ एसकेएम पार्टीले हाम्रो सिक्किम पार्टी (एचएसपी) का कार्यकारी अध्यक्ष भाइचुङ भोटिया जातिवादी व्यक्ति रहेको आरोप लगाएको छ। भाइचुङ भोटिया सिक्किमेहरूको एकता होइन, तर साम्प्रदायिक सद्भाव तोड्न चाहने व्यक्ति हुन् भनी एसकेएमले आरोप लगाएको छ। एचएसपी कार्यकारी अध्यक्ष भोटियाले हालैमा आयोजित एक पत्रकार सम्मेलनमा एसकेएम सरकारमाथि विभिन्न आरोपहरू लगाएका थिए। सोही आरोपहरूको भत्सर्ना जनाउॅंदै एसकेएम पार्टीका प्रवक्ता जेकब खालिङ उक्त आरोप लगाएका हुन्। भोटियाले एसकेएम सरकारमाथि भ्रष्टाचार, दुईवटा सीट बिक्री गरेको, जन उन्मुक्ति दिवसको दिन स्कूल र कार्यालय छुट्टी दिएको आदि आरोपहरू लगाएका थिए।प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव खालिङले भने, ‘भाइचुङ भोटियाले उनी जातिवादी व्यक्ति रहेको पुष्टि गरेका छन्। उनी सिक्किमेहरू मिलेर बसेको हेर्न नचाहने व्यक्ति हुन्। सिक्किमको साम्प्रदायिक सद्भाव तोड्न चाहने व्यक्ति हुन्। उनी जात विभाजन गर्ने औजार हुन्। उनको कुरा चल्यो भने सिक्किममा रक्तपात हुनेछ। सिक्किमको निर्माण होइन, जात-जात र धर्म-धर्ममा टुक्रा भएको सिक्किम भाइचुङको एजेण्डा हो। उनी नाजी र फासिस्ट जस्ता रहेछन्। तर, सिक्किम तोड्ने उनको सपनालाई हामी पूरा हुन दिने छैनौं।’ भाइचुङ भोटियाले एसकेएममाथि २०१९को चुनाउभन्दा पहिला एसकेएमले सरकार गठन गरेको खण्डमा छेत्री-बाहुन समुदायबाट मुख्यमन्त्री र भोटिया-लेप्चा समुदायबाट उपमुख्यमन्त्री बनाउने कुरा घोषणा पत्रमा उल्लेख गरेको पत्रकार सम्मेलनमा दाबी गरेका थिए। प्रवक्ता खालिङले भोटियालाई आगामी १५ दिनभित्र उक्त आरोप प्रमाणित गरेर देखाउन चुनौती दिए। उनले आगामी ३ सेप्टेम्बरसम्म यदि भोटियाले आफ्नो आरोप प्रमाणित गर्नु नसकेको खण्डमा एसकेएमले उनीहरू मानहानिको मुद्दा लगाउने बताए। यसै गरी, भोटियाले आफ्नो आरोप पुष्टि गर्नु नसकेको खण्ड उनले एसकेएम अध्यक्ष, एसकेएम पार्टी र सिक्किमे जनतालाई पनि माफी माग्नुपर्छ भनी बताए। उनले भोटियामाथि झूटा आरोपहरू लगाएर एसकेएम पार्टीलाई बद्नाम गर्ने प्रयास गरिरहेको आरोप लगाए। उनले भाइचुङ भोटिया राजनीतिमा चारैतिरबाट रिजेक्टेड व्यक्ति रहेको बताउॅंदै उनी स्क््रयाप मानसिकता लिएर सिक्किम आएका हुन् भनी आरोप लगाए। उनले भने, ‘भाइचुङ चारैतिर रिजेक्ट भएपछि सिक्किमेहरूमाथि आफ्नो रिस पोखाउन आएका हुन्।’ भाइचुङ भोटिया भारतीय फुटबल दलको कप्तान छॅंदा कति जना सिक्किमे युवालाई फुटबलको क्षेत्रमा अगाडि बढ़ाउने काम गरे भनी उनले प्रश्न गरे। उनले भाइचुङ र एसडीएफ पार्टीको सॉंठगॉंठ रहेको आरोप लगाउॅंदै भाइचुङ २०१९ को चुनाउमा पनि एसकेएमको विरोधमा थिए भने आज पनि उनी एसकेएम विरोधी रहेको ठहर गरे।यस अघि मुख्यमन्त्रीका प्रेस सचिव बिकास बस्नेतले एचएसपी कार्यकारी अध्यक्ष भोटियाले एसकेएममाथि आधारहीन आरोपहरू लगाएको बताए। भोटियाले एसकेएममाथि स्वतन्त्रता दिवस मनाउन पैसा बॉंढ़ेको, एसकेएमले पैसा लुटेको, दुईवटा सीट बिक्री गरेको आदि आरोपहरू लगाएका छन् भन्दै उक्त आरोपहरू प्रामाणित गरेर देखाउन चुनौती दिए। उनले भाइचुङमा राजनीतिमा असफल व्यक्ति हुन् भन्दै आफुले नजानेको काम गर्नु हुॅंदैन भनी सुझाउ पनि दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *