१७ अगस्तः सुनिल छेत्री र रोय कृष्णाको गोलको सहायताले बेंगलुरु एफसीले दोस्रो हाफको अधिकांश समय नै दशजना खेलाड़ीको साथ खेलेर पनि डूरण्ड कप फूटबल टुर्नामेण्टको म्याचमा बुधवार जमशेदपुर एफसीलाई २-१-ले पराजित गऱ्यो। डूरण्ड कप जित्ने प्रयासमा रहने बेंगलुरु एफसीलाई कप्तान सुनिल छेत्रीले २३औं मिनटमै बढ़त दिलाए। उनले प्रबीर दासको कर्नर किकमा गोल गरे। त्यसपछि सुनिल छेत्रीकै सहायता लिएर एटीके मोहन बगानका पूर्व खेलाड़ी कृष्णाले ५६औं मिनटमा स्कोर २-० पुऱ्याए।

सुनिल छेत्रीले मैदान छोड़ेपछि चाहिँ बेंगलुरु एफसी-ले केही समस्याको सामना गर्नु पऱ्यो। यसबीच ५९औं मिनटमा हीरा मण्डलले रातो कार्ड देख्दा बेंगलुरु एफसीको टीम १० जना खेलाड़ीमा सीमित भयो। यस मौकाको फाइदा उठाउँदै जमशेदपुर एफसीले डूरण्ड कपमा पहिलो गोल दर्ता गऱ्यो। टीमको निम्ति विकास सिंहको फ्री किकमा रिषिले गोल गरे।