देवकुमार खाती स्मृति नक्आउट फूटबलः एमटीवाईएस मंगरटोला विजयी

IMG_20220817_121602.jpg

१७ अगस्त: बन्दाखेती स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार खेलिएको दोस्रो राउण्डको अन्तिम म्याचमा एमटीवाईएस मंगरटोला विजयी भयो। लंगभ्यू बन्दाखेती खेल मैदानमा भएको म्याचमा एमटीवाईएस मंगरटोलाले हिमुल रियुनियनलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमका प्रबेश मंगरलाई प्लेयर अव् द म्याच चयन गरियो। प्रबेशले म्याचमा १ गोल पनि गरे। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २८ अगस्तमा खेलिनेछ। फाइनल ४ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *