सिङताममा फूटबल प्रतियोगितासँगै ७६औं स्वतन्त्रता दिवस पालन

IMG-20220816-WA0167.jpg

सिङ्ताम: पश्र्चिम पाण्डाम जीपीयूअन्तर्गत साउने गोलीटार खेल मैदानमा ७६औं स्वतन्त्रता दिवस भव्यताको साथ पालन गरियो। यस कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिको रुपमा उपस्थित थिए भने मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराज विशिष्ट अतिथिको रुपमा विशेष उपस्थिति रहेको थियो। मुख्य अतिथि खालिङद्वारा राष्ट्रिय तिरङ्गा झण्डा उत्तोलन गरेपछि उनले विभिन्न स्कूलका विद्यार्थीहरुको परेडको निरीक्षण गरे तथा सलामी ग्रहण गरे। आयोजक समितिका कोर्डिनेटर सुरेन सुब्बाद्वारा सञ्चालित, आयोजक समितिकी उपाध्यक्ष कुसुम तामाङले स्वागत जनाइएको तथा मुख्यमन्त्रीको सन्देश पढ़ेर सबैलाई सुनाएकी थिइन अनि कोर्डिनेटर जीवन तामाङद्वारा धन्यवाद ज्ञापन गरिएको उक्त कार्यक्रममा विभिन्न पाठशालाका विद्यार्थीहरुद्वारा रङ्गारङ्ग देशभक्ति नृत्यहरु प्रदर्शित गरेर तथा विभिन्न खेलकूद प्रतियोगिता सम्पन्न गराइएकोले दर्शकहरुलाई खुबै आनन्दित तुल्याए। मुख्य अतिथिको आशानबाट बोल्दै जेकब खालिङले वर्षको ३६५ दिन नै सम्पन्न विभिन्न कार्यक्रममध्ये स्वाधीनता दिवस कार्यक्रम अति नै महत्त्वपूर्ण रहेको बताउँदै स्वाधीनता सेनानीहरूको त्याग, बलिदान, योगदानकै ङ्गलस्वरूप आज हामी स्वाधीन देशका नागरिक भएर बॉंच्न पाएको उल्लेख गरे।

उनले ती स्वाधीनता सेनानीहरूप्रति हामीले सधैं नमन गर्नुपर्ने मन्तव्य व्यक्त गर्दै हाम्रा पूर्वजहरुले आफ्नो ज्यानको आहुती दिएर हासिल गरेको स्वतन्त्रताको महत्व सबैले बुझ्नुपर्ने मनतव्य व्यक्त गरे। यस कार्यक्रमको विशेष आकर्षण स्व. ङ्गूलमाया प्रधान स्मारक फूटबल टुर्नामेन्ट अनि स्व. महेश्र्वर मिश्र स्मारक अन्तर विद्यालय फूटबल टुर्नामेन्टको ङ्गाइनल रहेको थियो। पहिलो फाइनल टीकालाल निरौला उच्चत्तर माध्यमिक पाठशाला पाण्डाम अनि सिरवानी माध्यमिक पाठशाला बीच सम्पन्न भयो, जसमा १ को विरुद्ध २ गोल लगाएर टीकालाल निरौला उच्चत्तर माध्यमिक पाठशाला पाण्डाम विजयी बन्यो। यसरी नै स्व.फूलमाया प्रधान स्मारक ङ्गुटबल टुर्नामेन्टको फाइनल पाण्डाम फूटबल एकाडेमी र छुजाचेन स्पोर्ट्स एकाडेमी मॉंझ सम्पन्न गराइयो। अत्यन्तै रोमाञ्चित खेल प्रदर्शन रहेको यस फाइनलमा ० को विरुद्ध २ गोल लगाएर पाण्डाम फूटबल एकाडेमीले विजयी हासिल गर्दै आकर्षक ट्रङ्गीसहित आकर्षक नगद पुरस्कार आफ्नो झोलीमा हाल्न सङ्गल भयो। उक्त कार्यक्रममा अंशग्रहण गर्ने स्कूलका विद्यार्थीसहित फूटबल फाइनलका विजयी र उपविजयी दलहरुलाई आकर्षक पारितोषिकसहित नगद राशि मुख्य अतिथि अनि विशिष्ट अतिथिहरुका बाहुलीबाट वितरण गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *