एसओटी टिस्टा च्याम्पियन

IMG_20220816_001801.jpg

१५ अगस्त: टिस्टा खेलकुद समिति5को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन फूटबल टुर्नामेण्ट २०२२-मा एसओटी टिस्टा च्याम्पियन भयो । टिस्टा खेल मैदान (टिस्टा बजार, कालेबुङ)-मा आज भएको फाइनलमा एसओटी टिस्टाले लानजिंग 7 तारखोलालाई २-१-ले पराजित गऱ्यो। गत २५ जुलाईदेखि शुरु भएको यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। च्याम्पियन एसओटी टिस्टाका सौरभ तामाङलाई प्लेयर अव् द म्याच चयन गरिएको आयोजक समितिको पक्षमा अजय कार्कीले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *