७५औं स्वाधीनता अमृत महोत्सव:  स्मरणीय आन्दोलन, भारतीय स्वाधीनता संग्राम

तस्वीर इन्टरनेटबाट

कर्नल जीवन  कुमार छेत्री (अप्रा), देहरादुन

अंग्रेज शासनको ‘नमक कानून’को विरुद्ध जुन कानूनअन्तर्गत नुन उत्पादन माथि एकाधिकारलाई अन्त गर्नुको निम्ति महात्मा गाँधिजीले डाँडी मार्चको आहवान गरे। हिन्दुस्थानमा नुन बनाउने प्रक्रिया परम्परादेखि नै चलि आइरहेको छ अनि यो किसानहरुले तबै देखि नै बनाउँदै आइरहेकाका छन्। तर अंग्रेज शासनले भारतीयहरुको नुन बनाउने अधिकार छिनेर इंग्ल्याण्डबाट नुन आयत गर्न शुरु गरे। यसलाई ‘सल्ट ल’ नाम दिए। यसै कानूनविरुद्ध महात्मा गाँधीको नेतृत्वमा देशव्यापी नमक आन्दोलन शुरु गरे।

भारतीय स्वाधीनता संग्राममा देशको लाखौं सपुतहरुको योगदान अतुलनीय तथा ऐतिहासिक छ।  महात्मा गाँधीजीको नेतृत्वमा आायोजित डाँडी मार्च सन् १९३० मा उनैद्वारा चुनिएका ८० जना आन्दोलनकारीहरुका साथमा शुरु गरे। ती ८० जनामा दुई गोर्खालीहरु  पनि थिए खडग बहादुर बिष्ट  तबको United Province (Now Uttar Pradesh वर्तमान उत्तराखण्डको नेहरुग्राम) अनि महावीर सिंह गिरी दार्जीलिङका। दिनांक १२ मार्च १९३० को दिन डाँडीबाट साबरमती आश्रमसम्मको पदयात्रा शुरु गरे। कुल २४१ माईलको दुरी २४ दिनमा दिनांक ४ अप्रेल १९३० मा पूरा गरे। भारत स्वाधिन भएको ७५ बर्षको उपलक्षमा देशभरमा ‘अमृत महोत्सव’ मनाइरहेको छ। यसैअन्तर्गत  डाँडी मार्चको ९१औं वर्षगाँठको उपलक्षमा  १२ मार्च २०२१ को दिन माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले ८० जनाको टोलीलाई  डाँडी मार्चको रवाना गरि ‘अमृत महोत्सवको’ ऐतिहासिक कार्यक्रमको शुरुवात गरे, हजारौं आन्दोलनकारीहरुको सर्वस्व त्याग, बलिदान र देशभक्तिको स्मरण अनि श्रद्धाञ्जली स्वरुप। यो आन्दोलन ब्रिटिश सरकार द्वारालगाईएको ‘नमक कानून’ (सल्ट ल)विरुद्ध थियो। त्यस पश्चात् यस्तै आन्दोलन पुरा देशभरि गर्ने उदेश्यले गाँधीजीकै आदेशअनुसार खडग बहादुर कै नेतृत्वमा यो आन्दोलन  देहरादुनमा पनि चल्यो। देहरादुनमा  आाएर स्थानीय गोर्खा तथा अन्य आन्दोलनकारीहरुसित सम्पर्क गरे। देहरादुनको उत्तरपुर्वमा  प्राय: २५ किलोमिटर टाडो एउटा सानो गाउँ ‘खाराखेत’स्थित छ। खारा नदी मसुरीको पहाडको तलहटीबाट शुरु भएर खाराखेत हुँदै बग्छ। 

यो नदीको एक हिस्सा- एक किलोमिटरसम्म खारा (नुनिलो) छ। यहि  क्षेत्रमा स्थित गाउँ खाराखेत हो। नदीको  पानीको  साथ गाउँको जमिन पनि खारा भएकोले  नै गाउँको नाम नै भी खारखेत भएको हो भन्ने विश्वास छ।  इस नदीको नाम वर्तमान नुन नदी हो। अनि खारा नदी (वर्तमान नुन नदी)बाट नुन  बनाएर देहरदुन, म्युनिसिप्यालिटि मैदान (अहिलेको पेभिलियोन  ग्राउण्ड)मा नुन बेचेर  अंग्रेज शासनको सल्ट लको विरुद्धमा सफल आन्दोलन चलाए।

यो प्रक्रिया २० अप्रेल १९३० देखि ७ मई १९३० सम्म चल्यो। यी आन्दोलनकारीहरुले विभिन्न समुहमा नुन बनाउँदै जनतामा बिक्री गरे। नमक कानून तोडने अपराधमा खडग बहादुर बिष्टसहित  सबै संलग्न आन्दोलनकारीहरुलाई ६-६ महिनाको शख्त कैदको सजा दिए। यी आन्दोलनकारीहरुमा रीठा सिंह,धनपति, हुकुम सिंह,अमर सिंह,रणबिर सिंह,दान सिंह, कृष्णा,नत्थु राम, ध्रुव सिंह, किसन  लाल, गौतम चन्द ,जत्थे दार, कृष्ण दत्त बैद्य, नारायण ढंगवाल, महावीर त्यागी, नरदेव शास्त्री,चौधरी बिहारी, स्वामी बिचार चन्द, हुलास वर्मा, रामस्वरुपहरु उल्लेखनीय छ।

यसको सम्मानमा खाराखेत नुन नदीमा एउटा स्मृति स्मारकको निर्माण अखिल भारत नमक सत्याग्रह समितिको तत्वधानमा भएको छ। यस स्थलमा सन् २००५ मा नमक आन्दोलन को ७५औं वर्षगाँठको उपलक्षमा भव्य समारोहको आयोजन भएको थियो। त्यस पश्चात यहाँ केहि आयोजन भएको छैन। भारतको स्वाधिनता संग्रामको आन्दोलन प्रति उत्तराखण्डको योगदान यो भन्दा अरु के हुन सक्छ र!!! अनि यो “अमृत महोत्स्व ” को महोत्सवलाई यादगार बनाउन यो जानकारी सबैमा पुर्याउँ।  

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *