‘प्रेमगन्ज’को लिरिकल गीत सार्वजनिक

fore-news.png

काठमाडौँ: रिलिजको दिन नजिकिँदै गर्दा फिल्म प्रेमगन्जले नयाँ गीत सार्वजनिक गरेको छ। गीतका शब्द मात्र राखी सार्वजनिक फेरि भेट होला नहोलाबोलको गीतले विछोड भएका प्रेमी प्रेमिकाको भाव समेटेको छ। सार्वजनिक गीतमा कृष्णहरि बरालका शब्दलाई गैरे सुरेशले संगीत दिएका छन्। गीतमा स्वेच्छा ठकुरी र प्रबिन बेडवालको स्वर रहेको छ। १९ अगस्तलाई प्रदर्शन मिति तोकेको फिल्मलाई परिच्छेद सेनले निर्देशन गरेका हुन्। प्रेमकथा श्रेणीमा बनेको फिल्ममा तेज गिरि, बेनिशा हमाल, राइडर प्रशन, सुप्रिया खनाल र सिमरन खड्कालाई देख्न सकिन्छ। चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ। तेज र बेनिशाले युवा उमेरको मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन, सुप्रिया र सिमरनले टिनएजर मैना राजाको भूमिका निर्वाह गरेका छन्।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद स्वयंले लेखेका हुन्। चलचित्र १९ अगस्तमा नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ। योसँगै फिल्म युरोपका ४४ देशका सिनेमाघरमा पनि रिलिजको तयारी भइरहेको निर्माण टिमले जनाएको छ। अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको फिल्ममा नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराई आदिको पनि अभिनय रहेको छ। फिल्ममा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *