खोप्रेलदेखि छोटाटिङलिङ जाने रोडमा पैह्रो झर्नाले गाडीहरूको यतायतमा समस्या

IMG-20220806-WA0092.jpg

पानीघट्टा: शुक्रबार रातभरी परेको मुसलधारे पानीको कारणले खोप्रेलदेखि छोटाटिङलिङ जाने रोडको मुनिलो भागबाट नै पैह्रो झर्नाले गाडीहरूको यतायतमा समस्या भएर गोएको छ। उक्त रोडको त्यसै पनि नाजुक स्थीति थियो भने पैह्रोले गर्दा खोप्रेलदेखि टिङलिङ जाने गाडीहरूलाई झनै समस्या भएर गोएको छ। उक्त रोडको ठेकादार मणि कुमार राईले जनाए अनुसार रोड निर्माण भएको समय देखि नै आफुले रोडको रेखदेख गर्दै आईरहेको तरै पनि यो पानी झरीको मसौमा धेरै रोड बिक्री रहेको छ भन्दै शुक्रबार पनि मुसधारे पानीले लाली गोलाईको ठूल वालबाट नै पैह्रो झर्नाले समस्या भईरहेको बताए। गाडीहरूको यतायतलाई ध्यानमा राखेर पैह्रोको केहि माथिबाट अस्थाई रोड बनाएर गाडी छिर्ने मात्र बनाएको तिनले बताए।

तिनले भने यो रोड पीएमजीवाईएसबाट निर्माण भएको हो। मर्मति कार्य गर्नुमा जीटीएको कतिपय समस्या को कारणले ढिलाई भईरहेको छ। आशा छ जीटीएको सम्बन्धि बिभागले यथाशीघ्र पहल गरिदिन्छ भन्ने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *