साहित्यकार जीके शर्माद्घारा लेखित धार्मिक संकलन ‘अमृत रस’-को विमोचन

IMG-20220805-WA0210.jpg

सोरेङ: साहित्यकार जीके शर्माद्घारा लेखित धार्मिक संकलन ‘अमृत रस’ आज सोरेङ बजारस्थित ठाकुरबारी मन्दिरमा सोरेङका जिल्लापाल भीम ठटाल साथै आमन्त्रित अतिथिहरुको बहुलीबाट विमोचन गरियो। साहित्यकार शर्माको यो चौथो साहित्यिक कृति हो। वहाँको प्रकाशित कृतिहरुमा मौलिक रचना ‘दर्शन’ २००८, बीबी मुरिङ्लाको जीवनी ‘अथक साधक’ २००९ र कथा संग्रह ‘वीरु सर’ २०१२ हुन्।
सोरेङ जिल्ला अन्तर्गत टिम्बुरबुङ गाउँमा पिता केदारनाथ शर्मा र माता थलरुपा शर्माको कोखबाट जन्मिएका साहित्यकार जीके शर्माले आज बिमोचित वहाँको प्रथम धार्मिक संकलन अमृत रस कृति बिक्रीबाट संकलन भएको रकम सोरेङ ठाकुरबारी मन्दिर समितिको कोष प्रदान गर्ने जानकारी स्वयं जीके शर्माले दिएका छन्। यस पुस्तकका प्रकाशक पूर्व मुख्य सचिव पीके प्रधान र वहाँकी धर्मपत्नी एवं पूर्व सचिव नलिनी जी प्रधान रहेकी छिन्।
आज आयोजित सर्वधर्म व्याख्यान, अभिनन्दन तथा पुस्तक विमोचन कार्यक्रममा पूर्व मुख्य सचिव एवं सोरेङ ठाकुरबारी मन्दिर समितिका अध्यक्ष पीके प्रधान, साहित्यिक जगतमा प्रकाश भट्टराई नामले परिचित मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाल, बीडी एसके शर्मा, साहित्यकार एमएन दाहाल, खुशेन्द्र दाहाल, बीएस राई, पूर्व सचिव निलनी जी प्रधान, सोरेङ ठाकुरबारी मन्दिर समितिका सम्पूर्ण सदस्यगण, साहित्य अनुयायी र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति थियो।
सोरेङका वरिष्ठ नागरिक तथा सेवानिवृत्त शिक्षक बीएम प्रधानको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सोरेङ ग्राम पञ्चायत एकाई र स्थानीय नागरिकहरुको तर्फबाट भूतपूर्व मुख्य सचिव पीके प्रधानलाई अभ्यर्थना जनाइयो। यसरी नै सोरेङ ठाकुरबारी मन्दिर समितिले संस्कृत भाषाका प्रखर ज्ञाता पण्डित शास्त्री रुद्रमणि चालिसे भट्टराई र पर्वतारोही मनिता प्रधानलाई पनि कार्यक्रममा अभिनन्दन जनाइयो।
साहित्यकार एमएन दाहालद्घारा सञ्चालित कार्यक्रममा जिल्लापाल भीम ठटाल, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, आज विमोचित पुस्तकका प्रशासक पीके प्रधानले सम्बोधन गरेका थिए। यस अतिरिक्त धार्मिक व्याख्यानमाथि पण्डित शास्त्री रुद्रमणि चालिसे आफ्नो सम्बोधन राखेका थिए भने आज विमोचित धार्मिक संकलन पुस्तकमाथि मन्तव्य साहित्यकार खुशेन्द्र दाहालले राखेका थिए। कार्यक्रममा स्वागत सम्बोधन सोरेङ ठाकुरबारी मन्दिर समितिका सचिव रमेश लखोटिया र धन्यवाद ज्ञापन रोहित भट्टराईले राखेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *