५ अगस्तः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो इण्टर अफिस महकुमा स्तरीय फूटबल टुर्नामेण्टमा शुक्रवार पहिलो सेमिफाइनल म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा जारी सेभेन ए साइड टुर्नामेण्टमा आज एयर फोर्स बाघोराले एसडीओ कार्यालय खरसाङलाई ३-२-ले पराजित गऱ्यो। म्याचमा मध्यान्तरसम्म त एसडीओ कार्यालय २-१-ले अघि रहेको थियो तर दोस्रो हाफमा एयर फोर्सले २ गोल गरी जीत हासिल गऱ्यो। अब शनिवार हुने दोस्रो सेमिफाइनलमा अल इण्डिया रेडियो र बीडीओ अफिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल ८ अगस्तमा हुनेछ। आजको म्याचमा मुख्य रेफरी राजु छेत्री थिए भने एसिस्टेण्ट रेफरीको भूमिकामा अरविन्द छेत्री र अभिषेक ठटाल थिए। यसरी नै सुरेन राई फोर्थ अफिसियल थिए।
About Author
Post Views: 194