दार्जिलिङका भाजपा सांसद राजु विष्टद्वारा खरसाङको ईस्टर्न फरेष्ट रेन्जर्स कलेज (EFRC) लाई विकसित गरेर सेन्ट्रल एकाडेमी फर नेचुरल रिसोर्सेस एजुकेशन बनाउन संसदमा उठाए कुरा

IMG-20220805-WA0172.jpg

खरसाङ: आज संसदमा नियम ३७७ अन्तर्गत दार्जिलिङका भाजपा सांसद राजु विष्टले खरसाङमा ईस्टर्न फरेष्ट रेन्जर्स कलेज (EFRC) लाई विकसित गरेर सेन्ट्रल एकाडेमी फर नेचुरल रिसोर्सेस एजुकेशन (CARE) को स्थापना गर्ने सम्बन्धी मुद्दा उठाएको जानकारी प्राप्त भएको छ। सासंद राजु विष्टले सदनलाई जानकारी दिए कि दार्जीलिङ पहाड़, तराई अनि डुवर्सबाट शुरु भएर भारतको पूर्वोत्तर राज्यहरूको समग्र हिमाली क्षेत्र ईस्टर्न हिमालयन क्षेत्रका हिस्सा हुन् भन्दै यो वैश्विक जैव-विविधता हटस्पट्सहरूमध्ये एक हो अनि यहाँको भूगोल, तथा पारिस्थितिकी तन्त्र सोचनीय छ र यहाँका वासिन्दाहरूको आजीविका प्रायः प्राकृतिक स्रोतहरू जस्तै चिया, सिन्कोना, कृषि अनि वनसित सम्बन्धित गतिविधिहरूमाथि निर्भर छ भनी कुरा उठाएका छन्। यस विषयमा दार्जिलिङको भाजपा सासंद राजु विष्टले प्रेस विज्ञप्ति जारी गर्दै भने- “मैले बितेका तीन दशकमा हाम्रो क्षेत्रमा व्यापक परिवर्तनहरू भएका छन्। तीमध्ये धेरै मानव हस्तक्षेपका कारण अनि केही जलवायु विविधता तथा परिवर्तनका कारण भएका हुन् तर ती कारण एवं घटनाहरूको अध्ययनमाथि ध्यान केन्द्रित गर्ने, बुझ्ने र जानकारीयुक्त नीति बनाउने तथा विज्ञान आधारित ठोस शोधको आधारमा विकासगत निर्णयहरू गरिने काम भएको छैन।”
उनले अघि भने- “मैले सदनलाई थप जानकारी दिएँ कि दार्जीलिङ भारतमा अग्रणी शैक्षिक गन्तव्य स्थलहरूमध्ये एक रहिआएको छ अनि खरसाङको ईस्टर्न फरेष्ट रेन्जर्स कलेजले यो काम राम्रोसँग गर्ने सक्ने स्थितिमा छ। खरसाङ ३१ एकड़ क्षेत्रमा फैलिएको छ अनि हाम्रो क्षेत्रमा एउटा अग्रणी शोध संस्थानको रूपमा विकसित हुन सक्ने ठूलो सम्भावना यसमा छ।”

प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार पर्यावरण, वन एवं जलवायु मन्त्री भूपेन्द्र यादवले यस सम्बन्धमा मन्त्रालयले सकारात्मक पाइलो चाल्न गइरहेको छ भन्ने आश्वासन दिएको बताएका छन्। सांसद विष्टले भने- “मैले सरकार समक्ष मेरो अनुरोधलाई तीव्रता प्रदान गर्न अनि ईएफआरसी खरसाङलाई एउटा राष्ट्रीय स्तरको संस्थानमा विकसित गर्न पाइला चाल्नु पर्ने आवश्यकतामाथि जोड़ दिएको छु।”
सासंद विष्टले बताए -“यस्तो संस्थानको स्थापनापछि यो पर्यावरण तथा प्राकृतिक स्रोत प्रबन्धन, आपदा न्यूनीकरण अनि प्रबन्धन, जलवायु परिवर्तन तथा सम्बन्धित विषयहरूमा अध्यापनको लागि एक आदर्श स्थल बन्न सक्दछ। मेरो परिकल्पना हाम्रो क्षेत्रमा एउटा केन्द्रीय विश्वविद्यालयका साथै सर्वोत्कृष्ट संस्थानहरू र स्रोतहरू आकर्षित गर्ने रहेको छ, ताकि हाम्रो क्षेत्र एकचोटि फेरि देशमा अग्रणी शिक्षण गन्तव्य स्थल बन्न सकोस्।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *