क्राई एनजीओद्वारा रोहिणीको ४४ जना नानीहरूलाई अध्ययन सामाग्रीहरू प्रदान

IMG-20220805-WA0140.jpg

खरसाङ: क्राई एनजीओ रोहिणीले चिया बगानका ४४ जना बालबालिकाहरूलाई अध्ययन सामग्रीसहित विश्वकोष (encyeclopedia) पुस्तकहरू वितरण गरेका छन्। क्राई एनजीओले योभन्दा अघि पनि नानीहरूलाई शिक्षा क्षेत्रमा सहयोग गर्दै आईरहेका छन्। आजको कार्यक्रममा विशेष रूपमा खरसाङ महकुमा स्कूल इन्स्पेक्टर रोशनी सार्कीले पनि केन्द्रको भ्रमण गरी बालबालिकाहरूलाई शिक्षाको महत्वबारे सन्देश दिन्दै अनि वक्तव्य राखेका थिए। कार्यक्रममा रोहिणीको सन्त जोहन बोर्डिङ स्कूलको प्राचार्य मिलन रसाइली अनि रोहिणी इंगलिश स्कुलकी शिक्षिका अम्बिका तामाङ साथै समाजसेवी जेसिन्ता थापाको विशेष उपस्थिति रहेको थियो।

सल्लाहकार शिक्षिका पूजा कालिकोटेले सम्पूर्ण अतिथि तथा बालबालिकाहरुलाई सम्पूर्ण क्राई एनजीओ वहदामको पक्षबाट धन्यवाद दिएका छन्। यस अवसरमा क्राई एनजीओ घुम्तीको संयोजक रञ्जित सुब्बा पनि उपस्थित रहेका थिए।

कार्यक्रममा क्राई एनजीओकी पूजा कालिकोटेले क्राई एनजीओ विषयमा बोल्दै विशेष गरी हामीले कोरोना महामारीको समय लक डाउनको समय नानीहरूलाई घरमै रहेर अनलाइन शिक्षा प्रदान गर्नलाई सहयोग गर्दै शुरु गरिएको बताइन्। उनले क्राई एनजीओ विषयमा विस्तृत रुपमा जानकारी गराएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *