दार्जिलिङमा प्रतिष्ठित हर्ली कप फुटबल टुर्नामेन्ट शुरु

IMG_20220805_192749.jpg

दार्जिलिङ: आजदेखि दार्जिलिङको प्रतिष्ठित फुटबल टुर्नामेन्ट हर्ली कप फुटबल टुर्नामेन्ट शुरु भएको छ। दार्जिलिङको लेबोङ खेल मैदानमा स्थानीय ८ वटा र बाहिरको ६ वटा गरेर जम्मा १४ वटा फुटबल टिमहरूलाई लिएर प्रतिष्ठित फुटबल टुर्नामेन्ट शुरु भएको छ। यो फुटबल टुर्नामेन्ट विगत १० वर्षदेखि दार्जिलिङमा आयोजना गरिन्दै आएको छ। पहिलोपल्ट हर्ली कप फुटबल टुर्नामेन्ट सन् १९१७मा आयोजना गरिएको जानकारी प्राप्त भएको छ। दार्जिलिङमा आजदेखि शुरु भएको प्रतिष्ठित फुटबल टुर्नामेन्ट हर्ली कपको फाइनल खेल आगामी १५ अगस्तको दिन हुने भएको छ। यो टुर्नामेन्ट सन् १९१७ देखि लगातार रूपमा भईरहेको छ। गत २०२० र २०२१ मा कोरोना महामारीको कारणले दुई वर्ष हुन नसकेपनि यसपालीदेखिल पुन: यो प्रतिष्ठित हर्ली कप फुटबल टुर्नामेन्ट शुरु भएको छ। यस विषयमा आयोजक समितिको सचिव महेन्द्र सुब्बाले पत्रकारहरूसित कुराकानी गर्दै यो दार्जिलिङको प्रतिष्ठित फुटबल टुर्नामेन्ट हो जुन विगत १०५ वर्षदेखि लगातार रुपमा आयोजना भईरहेको छ र यो प्रथमपल्ट सन् १९१७ सालमा आयोजना गरिएको बताएका छन्। उनले यस टुर्नामेन्टको फाइनल खेल आगामी १५ अगस्तको दिन हुने जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *