सडन डेथमा जीतको साथ मनजीत एफए क्वार्टर फाइनलमा

IMG-20220802-WA0148.jpg

२ अगस्तः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार सडन डेथमा रोमाञ्चक जीतको साथ मनजीत फूटबल एकाडमीले क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय जोयधर रोय प्राथमिक पाठशाला मैदानमा खेलिएको टुर्नामेण्टको म्याचमा मनजीत फूटबल एकाडमीले ज्योति ट्राइब एफसी-लाई सडन डेथमा ९-८-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। अब बुधवार खेलिने म्याचमा परिमलनगर स्पोर्टिंग क्लब र साहुडांगी फूटबल क्लबबीच भिड़न्त हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *