दोस्रो टी२०-मा ५ विकेटले पराजित भारत

photocollage_202282115426321.jpg

२ अगस्तः पेस बलर ओबेद म्याकोयको उत्कृष्ट प्रदर्शनको दममा वेष्ट इण्डिजले चरम रोमाञ्चक दोस्रो टी२० म्याचमा भारतलाई ५ विकेटले पराजित गऱ्यो। यस म्याचको रोमाञ्च अन्तिम ओभरसम्म जारी रह्यो। अन्तिम ओभरको पहिलो दुई बलमा डेवोन थोमस (अविजित ३१)-ले अवेश खानको पहिलो दुई बलमा छक्का र चौका लगाएर वेष्ट इण्डिजलाई जीत दिलाए। यस जीतको साथै वेष्ट इण्डिजले पाँचवटा म्याचको सीरीजमा १-१-को बराबरी हासिल गऱ्यो। यसरी जीतको निम्ति १३९ रनको लक्ष्यलाई खेदो गर्दै वेष्ट इण्डिजले ४ बल बाँकी रहँदै ५ विकेटको नोक्सानमा १४१ रन बटुलेर जीत हासिल गऱ्यो। यसअघि देब्रे हातका पेस बलर ओबेद म्याकोयले चार ओभरमा १७ रन खर्च गरी ६ विकेट हासिल गरे। यो उनको टी२० अन्तर्राष्ट्रिय करियरको सर्वश्रेष्ठ प्रदर्शन हो। म्याकोयको घातक बलिंग समक्ष भारतीय टीम १९.४ ओभरमा १३८ रन बनाएर अलआउट भयो। टीमको किट ढिलो गरी आउँदो तीन घण्टा विलम्ब गरी शुरु भएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतको शीर्ष क्रम चरम असफल रह्यो। कप्तान रोहित शर्मा खाता नखोली आउट भए। यसबाहेक सूर्यकुमार यादवले ११ र श्रेयस अय्यरले १० रन बनाए। हार्दिक पाण्ड्याले सर्वाधिक ३१ रन बनाए। यसबाहेक रविन्द्र जडेजाले २७ र विकेटकीपर रिषभ पन्तले २४ रनको योगदान दिए। भारतीय ब्याटरहरूलाई वार्नर पार्कको पीचको गति र बाउन्ससँग तालमेल मिलाउन निक्कै साह्रो पऱ्यो। म्याकोयको बलिंगमा रहेको अतिरिक्त बाउन्सलाई भारतीय ब्याटरहरूले सटीक तरिकाले सम्हाल्न सकेनन्।

जवाफमा वेष्ट इण्डिजले ओपनर ब्रेण्डन किंगको अर्द्धशतक अनि विकेटकीपर थोमसको अविजित ईनिंग्सको सहायताले म्याचमा जीत हासिल गऱ्यो। वेष्ट इण्डिजको तर्फबाट पनि शीर्ष क्रममा किंग बाहेक अरूले उल्लेखनीय योगदान दिन सकेनन्। किंगले ५२ बलमा ८ वटा चौका र २ वटा छक्काको साथ ६८ रन बनाए। काइल मेयर्स ८, कप्तान निकोलस पूरन १४, शिमरोन हेटमायर ६ र रोवम्यान पावेल ५ रन बनाएर आउट भए। अन्तमा थोमसले धैर्यको साथ खेल्दै टीमलाई जीत दिलाए। थोमसले १९ बल खेलेर २ वटा छक्का र एउटा चौका लगाए। भारतीय बलरहरूमा अर्शदीप सिंह, रविन्द्र जडेजा, रविचन्द्रन अश्विन, हार्दिक पाण्ड्या र अवेश खानले १-१ विकेट लिए। म्याकोयलाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *