इण्डिपेण्डेन्स कपः हर्के एफसी मारापुर सेमिफाइनलमा

IMG_20220801_232238.jpg

१ अगस्त: दुधे युथ क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप २०२२ फूटबल टुर्नामेण्टमा सोमवार दोस्रो क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय दुधे खेल मैदानमा आज भएको म्याचमा हर्के एफसी मारापुरले सामार्थ एससी सालबारीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रिकी श्रेष्ठले आठौं र २५औं मिनटमा २ गरे। यसरी नै सामार्थ एससी-बाट अमन छेत्रीले छैटौं मिनटमा १ गोल गरे। अब मंगलवार अन्तिम दुईवटा क्वार्टर फाइनल म्याच खेलिनेछ। पहिलो म्याच विंगर ब्रदर्स र पत्थरघटा एकादशबीच खेलिनेछ। दोस्रो म्याचमा एलजीएससी खप्रेल र जेपीएफसी बाघडुग्राबीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल म्याच ६ र ७ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। यस सेभेन ए साइड टु्र्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा कोषाध्यक्ष विशाल शर्माले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *