डुवर्स स्पोर्ट्स करॉंते एकाडेमीको वियार्थीहरू कलकत्ता प्रस्थान

बीरपाड़ा: मदारीहाट खण्ड अन्तर्गत बीरपाडा स्थित डुवर्स स्पोर्ट्स करॉंते एकाडेमीको छात्र-छात्रहरूले गरे कलकत्ता प्रस्थान| आज अनि भोलि ३१ तारिखको दिन आयोजना हुन गइरहेको ६ औँ अन्तर्राष्ट्रिय करॉंते च्याम्पियनसिप प्रतियोगितामा उक्त एकाडेमीका कुल २३ जना छात्र-छात्राहरूले भाग लिएका छन्| यस प्रतियोगिताको आयोजना कलकत्ताको नेताजी इन्डुर स्टेडियममा अल इण्डिय सिसीकाय शिटो रिउ करॉंते डु फेडेरेसनको तत्वावधानमा हुन गइरहेको छ|
उक्त च्याम्पियनसिप प्रतियोगितामा डुवर्स स्पोर्ट्स करॉंते एकाडेमीले भारतको प्रतिनिधित्व गर्नेछ भने यस प्रतियोगितामा श्रीलङ्का, नेपाल, बङ्गलादेश, भुटान, इरान आदि देशहरूले भागलिने बारे उक्त एकाडेमीका संस्थापक तथा सेन्सी अनिल लोहारले बताए| बीरपाडा अनि मदारीहाटबाट ६ देखि १८ वर्षीय कुल २३ जना खेलाडीहरू लगायत स्वयम अनिल सेन्सी, सेन्सी विराज उराउँ अनि सेन्सी विशाल लोहर कलकत्ता प्रस्थान गरेका छन्| उक्त टोलीलाई विदाई अनि शुभेच्छा दिने क्रममा दलगांव रेल्वे स्टेशनमा युवा समाजसेवी प्रमेश लामा लगायत खेलाडीहरूको अभिभावकहरू उपस्थित थिए| प्रमेश लामाले धेरै पल्ट ती खेलाडीहरूलाई सहयोग गर्दे आइरहेको छ| तिनले सबै खेलाडीहरूलाई खदा पहिराइ शुभेच्छा जनाएका छन्| सेन्सी अनिल लोहारले अन्तराष्ट्रिय मेडल ल्याउने लक्ष्य रहेको बताएको छन्|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *