जङ्गलमा खोज्न गएकी मजदुर महिलाको यसरी चम्कियो भाग्य…

पन्ना: मध्य प्रदेशको पन्नामा एकजना आदिवासी मजदुर महिलाले जङ्गलमा दौरा खोज्न जाँदा बहुमूल्य हीरा फेला पारेकी छिन्। ४.३९ क्यारेटको यो हिराको अनुमानित मूल्य २० लाख रुपैयाँ रहेको बताइएको छ। सोमबार जङ्गलमा काठ टिप्न गएकी गेंदा देवीले बाटोमा चम्किलो ढुङ्गा देखिन्। उनले टिपेर ल्याइन् र आफ्नो पतिलाई यस बारेमा बताइन्।

पहिला उनीहरुले यसलाई सानो ढुङ्गा ठाने। तर दुई दिनपछि हिरा व्यापारीले बहुमूल्य हीरा भएको बताएपछि हिरा कार्यालयमा जम्मा गरियो। हीरा कार्यालयमा यसको लिलामी हुनेछ। १२ प्रतिशत रोयल्टी र १ प्रतिशत कर कटाएर बाँकी रकम गेंदा बाईलाई दिइनेछ। गेंदा बाईको परिवारले अहिले यही पैसाले छोरीको बिहे गरेर घर बनाउने इच्छा गरेका छन्। गेंदाबाई र उनको परिवार मजदुरी गरेर र दौरा बिक्री गरि आफ्नो परिवारको भरणपोषण गर्छन्l

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *