अमेरिकास्थित पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा सम्पन्न

IMG_20220801_234000.jpg

तीन दिवसीय बृहत् अन्तरराष्ट्रिय सिर्जनात्मक अनुष्ठान ५ कार्यक्रममा पूर्व मुख्यमन्त्री तथा कवि पवन चामलिङ

गान्तोक: “जसरी विश्वमा राज गर्ने शक्तिशाली देश हुनका लागि त्यो देशमा विश्व अटाउन सक्नुपर्दछ। त्यसैगरी विश्वमा राज गर्नलाई नेपालीहरूले आफ्नो मनमा विश्व अटाउन सक्नु पर्दछ।” सो मन्तव्य सिक्किमका पूर्व मुख्यमन्त्री एवं सिक्किम डेमोक्रेटिक फ्रण्ट अध्यक्ष तथा कवि पवन चामलिङले अमेरिकास्थित पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा गत २९-३१ जुलाईमा सम्पन्न तीन दिवसीय बृहत् अन्तरराष्ट्रिय सिर्जनात्मक अनुष्ठान ५ कार्यक्रमलाई सम्बोधन गर्दै व्यक्त गरेका हुन्।
३० जुलाई कार्यक्रमको दोस्रो दिन आयोजक ग्लोबल भुटनीज लिटिरेरी अर्गनाइजेशन (जीबीएलओ) -ले पवन चामलिङलाई नेपाली भाषा साहित्यको सम्बर्द्धन र विकासमा विशिष्ठ योगदान पुऱ्याएवापत अभिनन्दन जनाएको जानकारी एसडीएफ पार्टीले प्रेस विज्ञप्तिमा दिएको छ। कार्यक्रमका मुख्य अतिथि चामलिङले आफ्नो सम्बोधनमा भने, ‘सिक्किममा विभिन्न भाषा र भाषिकाहरू छन्। यहाँ नेपाली जातिको बाहुल्य छ। नेपाली भाषा सम्पर्क भाषा हो। प्रमुख सरकारी भाषा पनि नेपाली नै छ। सिक्किममा जातीय साँस्कृतिक समावेशी नीतिद्वारा सबै भाषिकाहरूलाई संरक्षण मिलेको छ। धार्मिक, साँस्कृतिक स्वतन्त्रता सबैलाई प्राप्त छ। यो एउटा नेपालीहरूको पहिचानको नयाँ आयाम हो। यो नेपाली समाजको विशेषता हो। यसलाई यसरी त्यो उचाइबाट हामीले हेर्नु पर्दछ। र यसलाई सारा विश्वका नेपालीहरूले अङ्गीकार गर्नु पर्दछ।’
साहित्य सम्बन्धमा आफ्नो विचार राख्दै चामलिङले, ‘मेरो आफ्नो अनुभवमा साहित्यमा विचार हुन्छ। दर्शन हुन्छ। विज्ञान हुन्छ। सर्वपरिमा यसमा कल्पना र रस हुन्छ। साहित्य कला सङ्गीतले मान्छेलाई जीवनको तत्त्वबोध गराउँछ। र, मान्छेलाई मान्छे बनाइराख्न, मान्छेलाई कोमल, सह्रदयी र संवेदनशील बनाएर राख्न साहित्यले मद्दत गर्छ। साहित्यले कर्म गर्न अभिप्रेरित गर्छ।’ उनले आफु पूर्णकालिक राजनीतिक मान्छे बन्दा पनि आफ्नो मनबाट फेन्टासी नगएको र त्यही फेन्टासीले आफुलाई समाज बदल्ने प्रेरणा दिइरहेको बताए।
उनले अझ भने, ‘मान्छेका नकारात्मक वा राक्षसी वृति-प्रवृत्तिहरूलाई रोक्न साहित्य, कला सङ्गीतले ठूलो भूमिका खेल्छ। त्यसकारणले साहित्य-कला अति मुख्य र मान्छेलाई नभइ नहुने कुरा हो। यसपटि पनि हाम्रो समाजलाई अघि बढाउनु सम्पूर्ण साहित्यकर्मी र धर्मीहरूको जिम्मेवारी हो। साहित्यकारहरूले समाजको नेतृत्व गर्नुपर्छ। हाम्रो राष्ट्र, राष्ट्रियता, नागरि

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *