मणिपुरी मैतय समुदायको प्राचीनतम सनामही धर्म

IMG-20230925-WA0152

मणिपुरको मैतय समुदायहरू अहिलेको समयमा अधिकांस हिन्दू धर्म मान्नेहरू छन्। विशेष गरी वैष्णवी हिन्दू धर्मावलम्बी( भगवान विष्णुलाई आफ्नो आराध्य मान्ने समुदाय)हरू अधिकांस यस समुदाय का मानिसहरू हुनेगर्दछन्। मणिपुरको मैतय समुदायहरूले हिन्दू धर्म १८ सय शताब्दीदेखि मान्न थालेका थिए। मैतय समुदायहरूले हिन्दू धर्म मान्न भन्दा अघि  सनामही धर्म  उनीहरू अधिकांसले मान्ने गर्थीए। अहिले पनि मैतय समुदायका धेरै मानिसहरूले हिन्दू धर्म सँगसँगै यस सनामही धर्मलाई पनि मान्ने गर्दछन्।

१८ सय शताब्दीमा जब यस सनामही धर्म मैतय समुदायहरू बीच घट्दै गयो र हिन्दू धर्मले प्रभुत्व पाउँदै गयो त्यस समय पनी मैतय समुदायहरूमा हिन्दू धर्म प्रचारप्रसार गर्ने प्रचरकहरूले सनामही धर्मलाई पूर्ण रूपमा विलुप्त पार्न खोजेनन्, तर आफ्नो हिन्दू धर्ममा नै सनामही धर्मलाई पनि समावेश गरे। १८ सय शताब्दीमा मणिपुरमा राज्य गर्ने राजाहरूले हिन्दू धर्म अपनाए पछि र यसलाई मणिपुरको राज्य धर्म घोषणा गरेपछि  सनामही धर्म मणिपुरमा कम हुँदै गयो र हिन्दू धर्म मणिपुरमा बढ्दै गएको थियो तर कालान्तरमा सनामही धर्म जो मणिपुरमा घट्दै गइरहेको थियो त्यसलाई पनि पछि गएर त्यसको संरक्षण गर्दै फेरि मैतय समुदायहरूले त्यसलाई पुनर्जीवित गर्ने काम गरे र अहिले पनि गर्दैछन्।

मणिपुरमा बस्ने मैतय समुदायहरू को भाषा मैतेलोन भनिन्छ मणिपुरमा उक्त समुदायको जनसंख्या ५३ प्रतिशत रहेको छ उक्त भाषालाई मणिपुरी भाषा पनि भनिन्छ र यस भाषा भारतको संविधानको आठौँ अनुसूचीमा मान्यता प्राप्त भाषा रहेको छ। मैतेलीयोन अथवा मैतय भाषा भोट बर्मेली भाषा परिवारको भाषा रहेको छ। धेरै ऐतिहासिक मान्यताअनुसार मैतय समुदायहरू प्राचीन समयमा चीनको युआन प्रान्तबाट आएको हो भन्ने मान्यता रहेको छ र चीनको उक्त प्रान्तबाट उनीहरूले आफ्नो धर्म संस्कृति ल्याएका हुन् भन्ने मान्यता रहेको छ। मैतय समुदायहरू कसरी चीनको युआन प्रान्तबाट भारतमा बसाई सरे, कसरी आफ्नो धर्म संस्कृति उनीहरूले आफूसित ल्याए भन्ने कुरा चाहिँ त्यत्ति राम्रोसँगले पत्तो लाग्न सकेको छैन, कारण पहिले त उनीहरूको बारे लेखिएको ऐतिहासिक ग्रन्थको अभाव रहेको छ र अर्को कुरा चाहिँ के हो भने अधिकांश मैतयहरूको ऐतिहासिक प्रमाणहरू लिखित नभएर मौखिक रहेको कारणले गर्दा पनि उनीहरूको इतिहास बारेमा त्यत्ति पत्तो लाग्न सकेको छैन।

मैतयहरूको ऐतिहासिक र सांस्कृतिक ग्रन्थ ‘च्योकथेरोल कुम्बाबा’ भन्ने ग्रन्थ रहेको छ यस  ग्रन्थमा मणिपुरमा शुरूको राज्य गर्ने राजाहरूदेखि लिएर उनीहरूको पतन भएको समय सम्मको कुराहरू बारेमा लेखिएको छ, यसै गरी यस ग्रन्थमा मैतयहरूको सनामही धर्मबारे पनि लेखिएको छ, सनामही धर्म मणिपुरमा बहुधर्म हुँदा त्यहाँका सनामही राजाहरूले कसरी साशन गर्ने गार्थिये भन्ने कुराहरू बारे यस ग्रन्थमा लेखिएको छ, मणिपुरमा राज सत्ता हुँदा त्यस समयमा मानिसहरू कस्तो थिए, उनीहरूले के गरेर आफ्नो जीविकोपार्जन चलाउने गर्दथिए भन्ने कुराहरू बारे पनि उक्त ग्रन्थमा लेखिएको छ, त्यस समयको रीति थिति, संस्कृति, कला, शिल्पकला कस्तो रहेको थियो भन्ने कुराहरू बारे पनि उक्त ग्रन्थमा लेखिएको छ। यस ग्रन्थ ‘च्याकथेरोल कुम्बाबा’मा मणिपुरको पहिलो शताब्दी ईशा पूर्वदेखिको इतिहास बारे पनि लेखिएको छ जसमा यो बताइएको छ कि मणिपुरमा रहेको ७ महत्वपूर्ण मैतय जनजातीय गुटहरू कसरी एक आपसमा लड्ने गर्द थिए र उनीहरू एक अपस्थमा लड्ने गर्दा उनीहरू बीच के प्रतिस्पर्दा हुने गर्थ्यो भन्दा युद्धमा सबैभन्दा सर्वश्रेष्ठ को हुने  भन्ने कुराको प्रतिस्पर्दा उनीहरू बीच हुने गरिन्थ्यो। यसै गरी उनीहरूको यस युद्धमा जो सबै भन्दा सर्वश्रेष्ठ योद्धा गुट हुनेगर्थ्यो उनीहरूले नै मणिपुर राज्यको राजसत्ता सम्हाल्ने गर्थीये। 

मणिपुरको ७ मैतय जनजातिहरू मध्ये निङथौजा गुटहरू सबैभन्दा सर्वश्रेष्ठ योद्धाहरू हुनेगर्थ्यो र उनीहरूले नै प्रायः युद्धमा जीत हासिल गर्ने गर्थ्यो। मणिपुरी जनजातीय गुट निङथौजाहरूले जीत हासिल गरेपश्चात् नै मणिपुरमा राज साशन भएको राज्य स्थापित गरिएको थियो। सनमही धर्म बारे पहिलो प्रमाण हामी मणिपुर राज्यको त्यस समयको राजा जसले ३३ ईदेखि लिएर १५४ ईसम्मको लामो समय अर्थात् एक शताब्दी भन्दा धेरै समय सम्म र राज गर्ने मैतय राजा नोङदा लैरेन पाखङबा थिए, उनी मैतय समुदायको पहिलो राजा थिए र उनी काङलयपाक (मणिपुरको पुरानो नाम)को प्रथम राजा थिए। यहीबाट नै शुरु हुन्छ सनामही धर्म बारेको इतिहास। सनामही धर्मलाई सनामहीजम, मैतयजम अर्थात् मैतय समुदायहरूको धर्म पनि भनिन्छ यससँगै सनामही धर्मलाई लैनिङथौइजम पनि भनिन्छ र सनामही धर्मलाई किन लैनिङथौइजम भनियो भन्दा मैतय समुदायको जुन सनामही धर्म रहेको छ त्यस धर्मको मुख्य ईश्वरको नाम लैनिङथौ सनामही रहेको छ यसैले उक्त धर्मलाई लैनिङथौइजम पनि भनिने गरिन्छ। हुन् त सनामही धर्म बहुइश्वर भएको धर्म हो उनीहरूको धर्ममा एउटै ईश्वर पुज्ने परम्परा रहेको छैन तर उनीहरूको धर्ममा बहु ईश्वर भएपनि, धेरै देवी देवता पुजिने भएपनि लैनिङथौ सनामही उनीहरूको मुख्य ईश्वरको रूपमा पुजिने गरिन्छ। र यही लैनिङथौ सनामही ईश्वरको नाममा नै उक्त धर्मलाई सनामही धर्म भनिएको हो वा लैनिङथौ धर्म भनिएको हो। यसै गरी लैनिङथौ शब्दको अर्थ हुन्छ ‘भगवान राजा माथि विश्वास’ र सनामही शब्दको को अर्थ हुन्छ ‘तरल पदार्थको बहुमूल्य सुनl’ सनामही देवता जो सनामही धर्मको मुख्य देवताको रूपमा चिनिने गरिन्छ उनीबारे जान्न खोज्दा हामी यो बुझ्न सक्छौ कि सनासही देवता चाहिँ सनामही धर्मको दुइ मुख्य देवी देवताहरू देवता याइबिरेल सिधाबा र माता लैमरेल सिधाभीको  सबैभन्दा जेठो छोरो थिए यसमा सनामही धर्म मान्नेहरूले छोरो सनामहीको सबैभन्दा धेरै पूजा गर्ने गर्दछन् र सनामहीको माता र पिताको पनि उनीहरूले धेरै पूजा गर्ने गर्दछन्।

केही तथ्यहरू अनुसार सनामही शब्द दुई शब्दहरूले बनिएको छ सना अर्थात् फैलाउनु र एमहि अर्थात् रगत अर्थात् सनामहीको पूर्ण शाब्दिक अर्थ हुन्छ रगत फैलाउनु तर यहाँ रगत फैलाउनुको अर्थ कुनै पनि प्रकारको हिंसा गर्नु होइन तर यसको अर्थ हो सबैप्रकारका जीवित प्राणीहरू जो खुनले बनिएको छ उनीहरूको जीवन रगत झै निरन्तर रूपमा चली बस्नु र केही तथ्यअनुसार सनामहीको अर्थ तरल बहुमूल्य सुन भन्ने पनि बुझिन्छ। सनामही धर्म मूल रूपमा प्रकृतिलाई पुज्ने, मरेका पितृहरूलाई पुज्ने र उनीहरूले सिधबा मापु पनि पुज्ने गर्दछन र सनामही धर्ममा सिधबा मापुलाई सबैभन्दा परम परमेश्वर वा परम देवताको रूपमा चिनिन्छ। सनामही धर्म मान्नेहरूले झील, नदी, ताल, ड्रागन, अप्सरा, चन्द्रमा, सूर्य, ताराहरू जस्ता कुराहरूको पूजा पनि गर्ने गर्दछन्। सनामही धर्ममा पुजिने देउतहरू ३ भागमा विभाजीत छन् पहिलो हुन्छ पित्रदेव जसलाई अपोकपा पनि भनिन्छ, दोस्रो देवता हुन्छ जो समुदाय वा परिवारसित जोडिएको हुन्छ जसलाई मैतय भाषामा येक लाई पनि भनिन्छ र तेस्रोमा क्षेत्रीय देवताहरू पनि हुनेगर्दछ जसलाई ‘उमंग लाई’ पनि भनिन्छ। ‘उमंग लाई’ जसलाई क्षेत्रीय देवता पनि भनिन्छ उनीहरूको मन्दिर, मूर्तिहरू मैतय समुदायहरू बसोबास गर्ने क्षेत्र तिर हुनेगर्दछ।त्यस क्षेत्रहरूमा रुखहरूको पूजा गरिन्छ वा पवित्र गुफाहरू बनाएर त्यसको पूजा गरिने गरिन्छ र त्यस ठाउँमा समय समयमा धेरै प्रकारको नाच गान र नृत्यहरू हुनेगर्दछ जसलाई लाई हरौबा चाड भनिन्छ। मणिपुर राज्यमा ३६५ उमंग लाईहरू छन् जसमध्ये १६६ इम्फाल घाटी भित्र रहेको छ। यहाँ ‘लाई’ शब्दको अर्थ ईश्वर वा देवता भन्ने बुझिन्छ।

सनामही धर्ममा पुरुष देवताहरूलाई लैनिङथौ भनिन्छ यसैगरी स्त्री देविहरूलाई एमा, लाइरेम्बी वा इबेनधौ पनि भनिन्छ। सनामही धर्ममा पाँच मुख्य प्राकृतिक देवी देवताहरू छन् जुन देवताहरू मध्ये पहिलो देवतालाई असिबा भनिन्छ र असिबाको काम मानिसहरूको अभिभावक जस्तो भएर मानिसहरूको रक्षा गर्नु हो,दोस्रो देवताको नाम अतिङगा कोइलु सिताबा रहेको छ जसलाई यो ब्रह्माण्डको रचैताको रूपमा उनीहरूले मान्ने गर्दछन्, तेस्रो देवताको नाम अपानबा भनिन्छ जसलाई यस ब्रह्माण्डमा साशन गर्ने र दुष्टको विनाश गर्ने देवताको रूपमा पुजिने गरिन्छ, चौथोको नाम लैमरेल सिधाभीको रूपमा चिनिन्छ जसलाई धरती माताको देवीको रूपमा पुजिने गरिन्छ र पाँचौंलाई इमोइनु अहोङबी भनेर भनिन्छ जसलाई देवता लैमरेलको अवतार र धन धान्य प्राप्त गराउने देवीको रूपमा चिनिन्छ। सनामही धर्म मान्नेहरूले आफ्नो देवी देवताको मठ मन्दिरमा गएर त्यहाँ पूजा अर्चना गरी आफ्नो ईष्ट देवताहरूलाई भोज चढाउने गर्दछन्,  धेरै प्रकारको नाच, गान वाध्यवादनहरू बजाएर उनीहरूले आफ्नो चाड पर्वमा आफ्नो देवी देवताहरूलाई खुशी पार्ने चलन छ। धेरै प्रकारको मन्त्र साधना पनि उनीहरूले गर्दछन् जस्तै पानी पराउने मन्त्र, पर्दै गरेको पानीलाई रोकाउने मन्त्र हरू को साधना उनीहरूले गर्ने गर्दछन् यी सबै रहस्यमय मन्त्रहरू उनीहरूको आफ्नो ग्रन्थ ‘सनामही नियोम’मा रहेको छ।

मणिपुरको राजाहरू बारे कुरा गर्दा सन् १८९१ सम्म मणिपुरमा राज साशन थियो। मणिपुरमा स्थित   ‘काङला फोर्ट’ अथवा मणिपुरी भाषामा जसलाई ‘काङलाइ पाक’ पनि भनिन्छ त्यहाँबाट मणिपुरका राजाहरूले आफ्नो राज शाषन चलाउने गर्थे। तर सन् १८९१ देखि उता भारतमा अङ्ग्रेज हरूको शाषन बढ्दै गएको समयमा अङ्ग्रेजहरूले नै मणिपुरको शाषण मैतयहरूदेखि आफ्नो हातमा पारे र मणिपुरमा राज शाषन को अन्त्य भएर गयो र मणिपुरमा अंग्रेज शाषणको प्रभुत्व हुँदै गयो। मणिपुरमा १५ सय शताब्दी भन्दा अघि एक हजार साल भन्दा धेरै समय सम्म सनामही धर्म बहुधर्म थियो तर १५ सय शताब्दी आउँदा सम्ममा मणिपुरमा वैष्णव हिन्दू धर्मको प्रवेश भयो तर  यसमा एउटा रोचक कुरा चाहिँ के भयो भन्दा वैष्णव हिन्दू धर्म मणिपुरमा भारतबाट प्रवेश भएको थिएन तर म्यानमार बाट वैष्णव हिन्दू धर्मको प्रवेश भएको थियो।

सन् १४७० तिर मणिपुरका त्यस समयका राजा ‘क्याम्बा’लाई म्यानमारका राजा ‘पोङ’ले एक भेट पठाएका थिए र उक्त भेटमा राजा ‘पोङ’ले भगवान विष्णुको मुर्ति मणिपुरको राजा ‘क्यामबा’लाई दिएका थिए र राजा क्यामबाले उक्त मूर्ति मणिपुरको अहिलेको ठाउँ विष्णुपुरमा स्थापित गरिदिए जो मणिपुरको राजधानी इम्फालदेखि २७ किलोमिटर टाडा रहेको थियो र त्यहाँ भगवान विष्णुको मन्दिर स्थापना गरिन्छ जुन मन्दिर आजसम्म रहेको छ। १५ सय शताब्दी पश्च्यात धेरै वैष्णव हिन्दू धर्मका सन्त र प्रचारक हरू यस ठाउँमा आए र यहाँ वैष्णव हिन्दू धर्मको प्रचार गर्न थाले। १६ सय र १७ सय शताब्दीमा बंगालमा मुस्लिम नवाबहरूद्वारा धेरै हिन्दू साधु सन्तहरूलाई प्रताडित गर्ने काम गरिन्थियो त्यही प्रतड्नादेखि बाँच्नुको निमित्त बंगालबाट धेरै वैष्णव हिन्दू सन्तहरू मणिपुरमा सरण लिन पुगे र त्यहाँ वैष्णव हिन्दू धर्मको प्रचार प्रसार गरे। १७ सय शताब्दी देखि धेरै वैष्णव सन्तहरू जस्तै शंकरदेव, नरोत्तम ठाकुरहरू मणिपुरमा आए र यही बसाई सरे, त्यस समयको मुगल राजा औरंगजेबको शाषणमा हिन्दू धर्म मान्नेहरूलाई दिने प्रताड्नादेखि बाँच्नुको निम्ति उनीहरूले मणिपुरमा शरण लिएका थिए र धेरै वैष्णव सादु सन्तहरूको मणिपुरमा प्रवेश भएको कारणले गर्दापनि मणिपुरमा वैष्णव हिन्दू धर्मको प्रभाव बढ्दै गएको थियो। यसै समयमा त्यस समयका मैतय राजा चराइरोङबाले सन् १७०० तिर वैष्णव हिन्दू धर्म अपन्याए र उनी पहिलो हिन्दू  राजा बने। त्यसपछि राजा चराइरोङबाले धेरै भगवान विष्णु सम्बन्धित मठ मन्दिरहरू बनाए तर उनले सनामही धर्मलाई पनि केही नराम्रो चाहिँ गरेनन् बरु उल्टै सनामही धर्मका पनि धेरै मठ मन्दिरहरू उनले स्थापित गरिदिए।  त्यसपछि चराइरोङबाका छोरो पेमहैबाले वैष्णव हिन्दू धर्मलाई मणिपुर राज्यको राजधर्मको रूपमा स्थापित गरिदए त्यसपछि सनामही धर्म मणिपुरमा घट्दै गयो र वैष्णव धर्म मणिपुरमा उग्र रूपमा बढ्दै गयो।

राजा पेमहैबाले वैष्णव धर्मलाई राज्य धर्म बनाएपछि उनले धेरै मैतय भाषाका लेखहरू बंगाली लिपिमा लेख्नको निम्ति प्रोत्सान दिए र मणिपुरमा बंगाली लिपिमा लेखिने काम पनि धेरै बढ्दै गयो र मणिपुरमा बंगाली लिपिमा लेखिने प्रचलन पनि बढ्दै गयो। त्यसपछि विभिन्न हिन्दू धार्मिक ग्रन्थहरू जस्तै रामायण र महाभारत जस्ता धार्मिक ग्रन्थहरू पनि मैतय भाषामा अनुवाद भयो। त्यसपछि मैतय हरूको राज्यलाई पुरानो नाम काङलयपाकदेखि त्यसको नाम बदलिएर मणिपुर राखियो। त्यसपछि मणिपुरमा राज्य गर्न राजा भाग्यचन्द्र आए र मणिपुरमा उनले रास लीला नाचको शुरुवात गरे र यसको प्रचारप्रसार गरे। मणिपुरीहरूको प्राचीन कालदेखि गर्दै आइरहेको नाच ‘लाई हरोबा’ नाचसित भगवान कृष्णसित सम्बन्धित नाच रास लीलासित तुलना गर्दै र दुवैलाई एकै प्रकारको नाचको रूपमा देखाउँदै राजा भाग्य चन्द्रले उक्त नाचको प्रसार प्रचार गरे र यी सबै कारणहरूले गर्दा सनामही धर्म पूर्ण रूपले हिन्दू धर्ममा नै समावेश भए।

तर समय बित्दै जाँदा धेरै राजनैतिक र सामाजिक संगठनहरूले सनामही धर्मलाई फेरि पुनर्जीवित बनाए धेरै ठाउँहरू तिर सनामही धर्म सम्बन्धित मठ मन्दिरहरू बनाउन थालियो। विलुप्त जस्तै भएको मैतयहरूको मौलिक लिपि ‘मैयाक’ लिपिलाई फेरि मैतय समुदायहरू बीच प्रचारप्रसार गरियो, यसै मौलिक लिपिमा लिखीनु पर्छ भन्ने कुराको प्रचारप्रसार गरियो किनकी मैतय समुदायहरूले बंगला लिपिमा लेख्न थालेका थिए र बंगला लिपिमा नलेखेर पुन: आफ्नै मौलिक लिपि ‘मैयाक’ लिपिमा लेखिनु पर्छ भन्ने कुरा माथि प्रचारप्रसार हुन थालियो र कालान्तरमा गएर मैतय समुदायहरूले दुवै धर्मको प्रथाहरू हिन्दू धर्म र सनामही धर्मको प्रथाहरू मान्न र पुज्न थालेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *