मेयरको मानुषेर काछे चलो’ कार्यक्रम सिलगढीको ३९ नम्बर वार्डमा

IMG-20230527-WA0305.jpg

सिलगढी: सिलगढी नगरनिगमको ३९ नम्बर वार्डमा मेयर गौतम देवले आज ‘मानुषेर काछे चलो’ अर्थात् मानिसहरू समक्ष जाऊ कार्यक्रम शुरू गरे। यस कार्यक्रम भोलि आइतबारसम्म चल्नेछ।सिलगढीको प्रत्येक वार्डका मानिसहरूको अभाव तथा अभियोगहरू सुनेर त्यसको समाधान गर्ने उद्देश्य लिएर मेयर देवले ‘मानुषेर काछे चलो कार्यक्रम शुरू गरेका हुन्। सिलगढी अन्य विभिन्न वार्डमा उक्त कार्यक्रम सम्पन्न भइसकेको छ। आज नगरनिगमको ३९ नम्बर वार्डमा यो कार्यक्रम शुरू गरियो। यस अवधि मेयरले आज हरिपाल मोडदेखि लिएर वार्डको विभिन्न इलाकाको निरीक्षण गर्नको साथै त्यहाँका मानिसहरूको विविध समस्याहरू सुने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *