प्रदेश कांग्रेसद्वारा पण्डित नेहरूलाई श्रद्धाञ्जली अर्पित

IMG-20230527-WA0314.jpg

गान्तोकः सिक्किम प्रदेश कांग्रेस कमिटीले देशका प्रथम प्रधानमन्त्री स्व. पण्डित जवाहरलाल नेहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ। स्व. नेहरूको आज १३४औं पुण्य तिथिको अवसरमा प्रदेश कांग्रेस कमिटीका चेयरमेन गोपाल छेत्रीको अध्यक्षमा एक साधारण सभा बसेर उनका आदर्श विचार र सिद्धान्तहरूमाथि चर्चा-परिचर्चा गरियो।

प्रदेश कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, स्व. पण्डित जवाहरलाल नेहरू स्वतन्त्र भारतको प्रथम प्रधानमन्त्री थिए। कांग्रेस पार्टी र राष्ट्रपिता महात्मा गॉंधीको अथक परिश्रम र संघर्षको परिणाम स्वरूप भारत देशलाई अंग्रेजको कालो शासनबाट मुक्ति दिलाएका थिए। स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री स्व. नेहरूको योगदानलाई देश र देशवासीले कहिल्यै बिर्सनु हुॅंदैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *